×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा/उपाधिका लागि इन्टर र म्यानचेस्टर भिड्ने

४ जेष्ठ २०८०

४ जेठ, एजेन्सी ।

साविक विजेता तथा कीर्तिमानी १४ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४–० ले पराजित गर्दै समग्रमा ५–१ को नतिजा निकाल्दै सिटीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो । सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टरसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ । रियलको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा सिटीले १–१ को बराबरी खेलेको थियो ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको दोस्रो लेगमा सिटीले सानदार प्रदर्शन गर्दै एकपक्षिय जित निकाल्यो । सिटीले पहिलो हाफमा २३औं र ३७औं मिनेटमा गोल गर्दै २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि सिटीले दुई गोल नै ग¥यो । बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे ।

सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो । तर यस पटक सिटीले सानदार प्रदर्शन गर्दा रियलविरुद्ध प्रभावशाली जित हात पारेको हो । घरेलु मैदानमा सिटीले सानदार प्रदर्शन गर्दा कीर्तिमानी १४ पल्टको च्याम्पियन रियल म्याड्रिडको प्रदर्शन भने बिर्सनलायक बन्दा लज्जास्पद हार बेहोर्न पुग्यो ।

दोस्रो हाफको शुरुमा सिटीलाई दवावमा राखेपनि गोलरक्षक एडर्सन मोराएसले करिम बेन्जेमा र डेभिड अलाबाको प्रहारलाई बचाउँदा र तेस्रो गोल खाएपछि रियलको खेलमा फर्कने सम्भावना टाढिएको थियो । सिटीले भने यसअघिको दुई संस्करणको सेमिफाइनलमा रियलसँगै पराजित हुँदा यसपटक सिटीले त्यो गल्तीलाई दोहो¥याएन ।

सिटी दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि सिटी सन् २०२०–२१ को सिजनमा फाइनलमा पुगेपनि चेल्सीसँग पराजित हुन पुगेको थियो । इन्टरसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि सिटी प्रिमियर लिग र एफए कपको उपाधि नजिक छ ।

सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । तीन उपाधिका साथ सिटी ट्रेबल जित्ने अभियानमा छ । तीनै उपाधि जित्न सफल भए सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलो पटक ट्रेबल जितेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top