Nepal Times
Nepal Times
3
Shares

रुकुमपश्चिम चौरजहारीको पीसीआर परीक्षण प्रयोगशाला बन्द

रुकुमपश्चिम चौरजहारीको पीसीआर परीक्षण प्रयोगशाला बन्द

१५ वैशाख, रुकुम । कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेको बेला रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर परीक्षण प्रयोगशालामा भने बन्द भएको छ ।

आवश्यक बजेट र जनशक्ति अभावको कारण प्रयोगशाला बन्द भएको चौरजहारी नगरपालिकाले जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादर केसीले परीक्षण सुरु गर्न पहल गरिरहेको जानकारी दिए ।

प्रदेश सरकारले मेसिन खरिदका लागि गरेको सहयोग बाहेक कसैले पनि सहयोग नगरेको निमित्त प्रमुख प्रशासकीय प्रमुख केसीले बताए ।

चौरजहारी नगरपालिकाले १ करोड २३ लाख रुपैयाँमा गएको वर्षको असार दोस्रो हप्ता वडा नम्बर २ मा रहेको जिल्ला आयुर्वेद कार्यालयमा पीसीआर परीक्षण प्रयोगशालामा स्थापना गरेको हो ।

मेसिन खरिदको लागि कर्णाली प्रदेश सरकारले ८६ लाख २२ हजार रुपैयाँ अनुदान दिएको थियो भने बाँकी रकम नगरपालिकाले लगानी गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.