Nepal Times
Nepal Times
3
Shares

रुपन्देहीको देवदहमा तीन दिनसम्म अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

रुपन्देहीको देवदहमा तीन दिनसम्म अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

४ असार, रुपन्देही । रुपन्देहीको देवदहमा डाइभर्सन बगाउँदा तीन दिनसम्म अवरुद्ध पूर्व–पश्चिम राजमार्ग बल्ल खुलेको छ ।

सडक डिभिजन कार्यालय बुटवलले उक्त स्थानमा पुनः डाइभर्सन बनाएपछि बिहीबार राति ९ बजेदेखि राजमार्ग सन्चालनमा आएको हो ।

बुटवल–नारायणगढ सडक चार लेनमा विस्तार गर्ने क्रममा बुटवल धागो कारखानाबाट ५ सय मिटर पूर्व देवदह र तिलोत्तमामा पर्ने सानो पुल भत्काएर चार लेनको बनाउन डाइभर्सन बनाइएकोमा भारी वर्षाले बगाइदिएको थियो ।

पुनः डाइभर्सन बनाएपछि बुटवलबाट उक्त स्थान हुँदै पूर्वतर्फ जाने सवारी साधनहरु चल्न थालेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको गौडापुलमा पहिरोले अवरुद्ध सडक पनि बिहीबार साँझदेखि एकतर्फी खुलेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.