Nepal Times
Nepal Times
3
Shares

रुसमा सुरु भयो कोरोनाविरुद्ध खोप अभियान

रुसमा सुरु भयो कोरोनाविरुद्ध खोप अभियान

२१ मंसिर, एजेन्सी ।

रुसमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको छ ।

शनिबार सुरु भएको खोप अभियानको पहिलो चरणमा हजारौं चिकित्सक, शिक्षक र जोखिममा रहेका अन्य पेशाकर्मीहरुले खोप लगाउन नाम दर्ता गराएका छन् । पहिलो दिन आज राजधानी मस्कोमा ५ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

रसियाकै गमलेय इन्स्टिच्युटले बनाएको खोपको नाम स्पुतनिक भी नाम राखिएको छ । करीब ४ महिनाअघि गमलेय इन्स्टिच्युटलाई रसिया सरकारले खोप बनाउने अनुमति दिएको थियो । बृहत् खोप अभियानको शुरुमा २० लाख जनालाई खोप लगाउने कार्यक्रम छ । १८ वर्षदेखि ६० वर्ष उमेरका नागरिकलाई खोप लगाइँदैछ ।

खोपको २ मात्रा लगाउनु पर्ने र पहिलो खोपको २१ दिनमा दोस्रो खोप लगाउनु पर्ने रुसी अधिकारीहरुले जनाएका छन् । श्वासप्रश्वासका १ महिना यताका बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिला र सिकिस्त बिरामीलाई भने स्पुतनिक भी खोप लगाउन नहुने भनिएको छ ।

रसियामै अन्य २ प्रकारका खोप पनि कोरोनाविरुद्ध तयार भैरहेको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.