×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रुसी विदेशमन्त्री उत्तर कोरियामा

१७ जेष्ठ २०७५

मस्को, जेठ १७
रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेको समाचार छ । उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने भएको समाचारमा जनाइएको छ ।

उनी बिहीबारमात्र उत्तर कोरिया रहने जनाइएको छ । यी दुई देशले यस वर्ष कूटनीतिक समबन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइरहेका छन् ।

रुसी विदेशमन्त्रालयद्वारा बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा विदेशमन्त्री लाभरोभ उत्तर कोरिया पुग्ने र त्यस देशको आणविक कार्यक्रम र अन्य द्विपक्षीय हितका विषयमा कुराकानी गर्ने जनाइएको छ ।

उक्त विज्ञप्तिमा विदेशमन्त्री लाभरोभले आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ हिसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ । उनको आमन्त्रणमा विदेश मन्त्री लाभरोभ त्यहाँ पुगेका हुन् ।

साथै सो भेटका क्रममा उत्तर कोरियाले हालैका दिनमा लिएको आणविक अस्त्र उत्पादन नीति, गत हप्तामात्र उत्तर कोरियाले भत्काएको आणविक परीक्षणस्थलका विषयमा पनि वार्ता हुने बताइएको छ ।

अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला रुसी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमणलाई निकै अर्थपूर्ण रुपमा लिइएको विश्लेषकहरुको भनाई छ ।

यसै विषयमा वार्ता गर्न उता उत्तर कोरियाका एकजना सैनिक जर्नेल चीनको बाटो हुँदै बिहीबारै अमेरिका पुग्नुभएको अधिकारीले जनाएका छन् । सैनिक जर्नेल किम जोल यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको छ । यसको पूर्व तयारीका लागि भन्दै सिंगापुरमा पनि केही उत्तर कोरियाली अधिकारीहरु रहेका छन् ।

उत्तर कोरियाले आफ्ना सबै आणविक कार्यक्रमहरु परित्याग गर्नुपर्ने माग अमेरिकाको छ । तर उत्तर कोरिया भने ती कार्यक्रमहरुको अन्त्य गरेर आगामी दिनमा आफ्नो भविश्य के हुने भन्ने बारेमा चिन्तित रहेको बताइन्छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top