२८ फागुन ,एजेन्सी ।
जब कुनै पनि व्यक्ति अप्ठ्यारो, समस्यामा पर्छ, उसले पहिलो गुहार्ने भनेको परिवार, आफन्त, छरछिमेक, साथीभाइ नै हो । त्यहाँबाट नहुने अवस्था छ भने उसले गुहार लगाउँने ठाउँ उसको सरकार हो । देशमै विपत पर्दा, अन्याय, अप्ठ्यारोमा पर्दा होस् वा विदेशमा कुनै पनि संकट, समस्यामा पर्दा हरेक देशको नागरिकले पहिला आफ्नो देशलाई सम्झिन्छ । आफ्नो देशको सरकारलाई गुहार्छ ।
त्यस्तो अवस्थामा देशहरुले हरसम्भव आफ्ना नागरिकहरुलाई उद्धार गर्न प्रयास गर्छन् । नेपाल सरकारले पनि केही दिन ढिलाइ नै किन नहोस् इजरायलबाट होस् वा अफगानिस्तानबाट समन्वयात्मक भूमिका निर्वाह गर्दै अलपत्र नेपालीहरुको उद्धार गरेका पछिल्ला उदाहरण हुन् । तर रुस र युक्रेनका विषयमा भने नेपाल सरकारले सिन्कोसम्म भाँच्न सकेको छैन् ।
रुसी सेनामा भर्ती भएका नेपालीहरुले आफ्नो देशको सरकारलाई पटक पटक विभन्न माध्यामबाट गुहार लगाएपनि उपलब्धि शुन्य भएपछि भारत सरकारलाई गुहारेका छन् । आफ्नो देशको सरकार कमजोर भएको, निकम्पा भएको निस्कर्षसहित केही नेपाली रुसी सैनिकहरुले भारतलाई रुसबाट आफूहरुको उद्यारका लागि अपिल गरेका छन् ।
रुँदै ति युवाहरुले भारत बलियो भएको र उसले आफ्ना नागरिकहरुलाई त्यहाँबाट उद्यार पनि गरिसकेकाले आफूहरुको पनि उद्यार गरिदिओस् भन्दै उनीहरुले गुहार लगाएका छन् । रूसी सेनामा भर्ती भएका नेपाली युवाहरूले नेपाल सरकारको सहयोग नपाएको भन्दै त्यहाँबाट निकालिदिन भारत सरकारसँग अनुरोध गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनीहरूले आफूलाई त्यहाँबाट निकालिदिन भारत सरकारसँग आग्रह गरेका हुन् । ’अहिले हामी रसियन सेनामा छौँ । हामी नेपालबाट आएका थियौं । एजेन्टले हामीसँग झुट बोलेर यहाँ ल्यायो । रसियन सेनामा जाने र त्यहाँ सहयोगीको रूपमा काम गर्नुपर्ने भनिएको थियो’ उनीहरूले भिडियोमा हिन्दी भाषामा भनेका छन् ’तर, यहाँ आएपछि हामीलाई युद्धमा जान परिरहेको छ । यहाँ आएपछि हामीलाई धेरै समस्या भएको छ ।’
’यसकारण यहाँबाट हामी यहाँबाट निस्कन चाहन्छौं। हाम्रो साथमा तीन जना भारतीय साथीहरू थिए । उनीहरूलाई भारतको सरकारले फिर्ता ग¥यो तर नेपाली राजदूतावासले हामीलाई कुनै पनि सहयोग गरिरहेको छैन । नेपालबाट कुनैपनि प्रक्रिया अगाडि बढिरहेको छैन’ भिडियोमा भनेका छन् ।
‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन । यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं’ उनीहरूले भनेका छन् ‘नेपाल र भारतबीच राम्रो सम्बन्ध छ । भारत र भारतीय दूतावास शक्तिशाली छ। यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं । उनीहरूले आफूहरूसँगै ३० जना नेपाली त्यहाँ पुगेको तर अहिले पाँच जना मात्रै बाँकी भएको बताएका छन् ।
‘कसैलाई कता पठाए, कोही गम्भीर घाइते भएका छन्। अहिले हामी पाँच जना मात्र छौं। हामी फर्कन चाहन्छौं तर सरकार र एम्बेसीले चासो देखाएको छैन,’ उनीहरूले भनेका छन् । त्यसकारण हामी हाम्रो छिमेकी मुलुक भारतसँग मद्दत माग्न चाहन्छौं। हामीलाई भारतले हाम्रो उद्दार गर्छ भन्नेमा आशावादी छौं। हामीलाई निराश पार्ने छैन । नेपाल र भारतबीच राम्रो सम्बन्ध छ । यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं। किनकी तपाईंहरूको राजदूतावास पनि शक्तिशाली छ भन्ने हामीलाई लाग्छ।हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं । सम्भव हुन्छ भने हामीलाई यहाँबाट निकाल्नुहोला। हामी भारतसँग मद्दत माग्न चाहन्छौं। नमस्ते ।
लामो समयदेखि नेपाल सरकारले रुसमा रहेका नेपालीको उद्धारको प्रयास भइरहेको बताएपछि केही दिन अघि मात्रै नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी क्षेष्ठले रुसी समकक्षी सर्जियो लाभरोभलाई युक्रेन रुस युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति र रुसी सेनामा रहेका नेपालीको उद्धारको विषय प्रत्यक्ष रुपमा राखेका थिए । यो कुराकानीपछि रुसको कुनैपनि प्रतिक्रिया दिएको छै्रन् । नेपाल सरकारसँग त रुसी सेनामा कति नेपाली रहेका छन् भन्ने आधिकारिक तथ्याङ समेत रहेको छैन् ।