×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रुस फेरि जाग्यो, जेलेन्स्कीको धड्कन बढ्यो

४ भाद्र २०८१
४ भदौ ,विराटनगर।
रुस–यूक्रेन युद्धमा पछिल्लो पटक जेलेन्स्कीको सेनाले निकै दबाब बढाएको जस्तो देखिएको थियो । किनभने युक्रेनी आर्मीले रुसको ३५ किलोमीटर भन्दा पनि भित्रै पसेर विभिन्न गाउँ तथा शहर कब्जा गरेको थियो । त्यहाँ आफ्नो कार्यालय नै खोलेको थियो । तर अब रुसले युक्रेनको यो दुश्साहासलाई कडा जवाफ दिन थालेको छ ।
रुसी सैनिकहरु पछिल्लो पटक यूक्रेनको दोनेत्स्कस्थित उत्तर–पश्चिम क्षेत्रमा निकै अगाडि बढिरहेको छ । जसका कारण यूक्रेनले आफ्नो शहर पोकरोभस्कका नागरिकहरुलाई त्यहाँबाट बाहिर जान भनेको छ । जति जति रुसी सेना अगाडि बढिरहेको छ ती ठाउँहरुमा यस्तै दृश्य देखिन थालेको छ । युक्रेनले आफ्ना नागरिकहरुलाई ठाउँ छाड भन्न थालेको छ ।
यता यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेंस्कीले रुसी भूमि कब्जा गरेको संदर्भमा आइतबार नै स्पष्ट पारेका थिए । उनले भनेका छन्, कुर्स्क जुन रुसी भूमि हो, त्यहाँ यूक्रेनी सेना प्रवेश गर्नुको पछाडी त्यो क्षेत्रलाई आफूहरुले बफर जोन बनाउनका लागि मात्रै कब्जा गरेको उनले बताएका छन् । ताकी मास्कोले आफ्नो देशमा जुन हमला जारी राखेको छ सो रोकियोस ।
त्यसैले युक्रेनी सैनिकहरुले रूसी सीमामा दोस्रो पुल पनि उडाइदिएका छन् । ताकी त्यो पुलबाट हुँदै आएको रुसी सैनिकहरुको सैन्य सरसामानको आपूर्ती रोकियोस् । यूक्रेनी सेनाले कुर्स्कमा लगभग २ सातादेखि कब्जा जमाई रहेको छ । एकपछि अर्को गर्दै रुसी इलाकाहरु कब्जा गरिरहेको छ । तर रुस पनि पछाडी भने सरेको छैन । उसले यूक्रेनको पूर्वी क्षेत्रमा आक्रमण गरेको छ ।
उसको सेना यूक्रेनको निकै भित्रसम्म प्रवेश गरेको छ । वास्तवमा कुर्स्कमा जस्तो प्रकारले युक्रेनले अट्याक गरेको छ, रुसले त्यसको कडा जवाफ त दिने नै थियो । सोही बमोजिम युक्रेनी शहरहरुमा रुस अगाडी बढ्दै जाँदा त्यहाँका मेयरहरुले आफ्ना नगरबसीहरुलाई शहर छाड्न भनेका छन् । यसअघि भने जेलेंस्कीले भनेका थिए, हाम्रो उद्येश्य रूसको युद्ध क्षमतालाई नष्ट गर्नु र अधिकतम जवाफी कारबाही गर्नु हो । यसमा कुर्स्क क्षेत्रमा हाम्रो अभियान पनि सामेल छ उनले भनेका थिए । तर रुसले कडा जवाफ फर्काउन थालेपछि युक्रेन थप संकटमा पर्ने देखिएको छ ।
युक्रेनसंगै उसको छिमेकी पोल्याण्डमाथि पनि रुस नामको संकट आउन सक्ने देखिएको छ । युक्रेनमाथि प्रहार गरेका आफ्ना क्षेप्यास्त्र पोल्यान्डले रोक्ने प्रयास गरेको रुसले आरोप लगाएको छ । यसका लागि उसले पोल्याण्डलाई पनि कडा चेतावनी दिएको छ । युक्रेनमाथि प्रहार भएका रुसी क्षेप्यास्त्र रोक्ने प्रयास गरेमा पोल्यान्डमाथि निर्णायक प्रतिक्रिया दिने रुसले चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
रुसको विदेश मन्त्रालयको युरोपेली विभागका निर्देशक ओलेग ट्यापकिनले युक्रेनमा रुसका लामो दूरीको हतियार रोक्न पोल्यान्डले गरेको कुनै पनि प्रयासलाई पर्याप्त प्रतिक्रिया प्राप्त हुने भन्दै चेतावनी दिएका छन्  । ट्यापकिनले युक्रेनको पक्षमा पश्चिमी देशहरूको प्रत्यक्ष संलग्नता बढ्दै गएको भन्दै यसले गम्भीर परिणाम निम्ताउने पनि बताएका छन् । उनले यस विषयमा कुनै पनि पक्षसँग वार्ता नभएको स्पष्ट पार्दै रुसको धारणा पोल्यान्ड र उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो दुवैलाई थाहा भएको पनि जनाएका छन्
पोल्यान्डका विदेशमन्त्रीले यसअघि एउटा अन्तरवार्तामा युक्रेनमा रुसले हानेका क्षेप्यास्त्र खसाल्ने सम्भावनालाई विचार गरिरहेको बताएपछि रुस आक्रोशित भएको हो । रुस–युक्रेन र पोल्याण्डबीच यो तनावको स्थिति देखिएकै बेला यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेन र पोल्यान्डको औपचारिक भ्रमणमा जाँदै छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
विदेश मन्त्रालयका सचिव तन्मय लालले भने– प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निमन्त्रणामा शुक्रबार अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्नेछन् । यो भ्रमण महत्त्वपूर्ण र ऐतिहासिक भएको उनको भनाइ छ । उनले थपे– किनभने हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षभन्दा लामो समयपछि कुनै भारतीय प्रधानमन्त्रीले पहिलोपटक युक्रेनको भ्रमण गर्दै छन् ।
तन्मय लालका अनुसार यो भ्रमण नेताहरूबीच भर्खरै भएको उच्चस्तरीय वार्तामा आधारित हुनेछ । रुस–युक्रेन द्वन्द्वबारे उनले भने– भारतले एकदमै स्पष्ट र निरन्तर अडान राखेको छ । यो द्वन्द्व कुटनीति र संवादबाट समाधान गर्न सकिन्छ । यसले दिगो शान्ति ल्याउन सक्छ, त्यसैले वार्ता अत्यन्तै महत्त्वपूर्ण छ । दुवै पक्षलाई मान्य हुने विकल्पबाट मात्रै दिगो शान्ति हासिल गर्न सकिने र वार्ताबाट मात्रै समाधान निस्कने उनको भनाइ छ ।
उनले थपे– तपाईंलाई थाहै छ, प्रधानमन्त्री मोदीले रुस र युक्रेन दुवै पक्षका नेताहरूसँग कुरा गर्नुभएको छ र प्रधानमन्त्रीले हालै रुसको भ्रमण पनि गर्नुभएको छ । मोदीले युक्रेनअघि अगस्ट २१ देखि २३ सम्म पोल्याण्डको भ्रमण गर्नेछन् । भारतबाट ४५ वर्षपछि पोल्याण्ड जान लागेका उनी पहिलो प्रधानमन्त्री हुन् ।
रुस–युक्रेनबीचको जारी युद्ध र पोल्याण्डमा पनि यसको बाछिटा पर्न थालेका बेला नरेन्द्र मोदीको यो भ्रमणबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top