×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रुस भित्र क्षेप्यास्त्र हान्न युक्रेनलाई अमेरिकी अनुमति

३ मंसिर २०८१

३ मंसिर, एजेन्सी ।

अमेरिकाले युक्रेनलाई रुसमा लामो दुरीको मिसाइल हान्न अनुमति दिएको छ । राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा अगाडि युक्रेनलाई लामो दुरीको मिसाइल उपयोग गरी रुसमा आक्रमण गर्न अनुमति दिएका छन् ।

रुसले आइतबार युक्रेनको राजधानी किभमा हालसम्मकै भयानक हवाई हमला गरेपछि बाइडेनले युक्रेनलाई पनि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएका हुन् । यी मिसाइलको आपूर्ति अमेरिकाले नै गरेको थियो ।

आइतबार रुसले युक्रेनमा ६० भन्दा बढी मिसाइल र एक सयभन्दा बढी ड्रोन प्रहार गरेको थियो । हमला बढेपछि स्थानीयले ज्यान जोगाउन बंकरको सहारा लिएका थिए । यो आक्रमणमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै जेनेरेटर र ट्रान्समिसन स्टेशनलाई निशाना बनाएको छ ।

यसले गर्दा धेरै ठाउँ बिजुलीविहीन बनेका छन् । रुसी आक्रमणका कारण राजधानी किभसहित तीन वटा क्षेत्रमा बिजुली सेवा अवरुद्ध भएको युक्रेनको सबैभन्दा ठूलो ऊर्जा प्रदायकले जनाएको खबरमा उल्लेख छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले १ सय २० वटा मिसाइल र ९० वाट ड्रोन आक्रमण गरेको बताएका छन् । युक्रेनको आपत्कालीन सेवाका अनुसार रुसी आक्रमणमा दुई जना महिलाको ज्यान गएको छ भने दुई बालबालिकासहित ६ जना घाइते भएका छन् ।

मिकोलेभका गभर्नरले आगलागीका कारण आवासीय भवन, अग्ला भवन, कार, शपिङ सेन्टर र पूर्वाधारमा क्षति पुगेको बताएका छन् । रुस र युक्रेनबीचको युद्ध ३३ महिनादेखि जारी छ । यसबीचमा हजारौंको ज्यान गएको छ भने लाखौं घरबारविहीन भएका छन् ।

यी दुई देशबीचको टकरावका बीच अमेरिकाले ठूलो निर्णय लिएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले १९ जनवरी २०२४ देखि कार्यकाल पूरा गर्नुअघि युक्रेनलाई रुसमाथि हमला गर्न लामो दुरीका मिसाइलको प्रयोग गर्न अनुमति दिएका हुन् ।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि बाइडेन प्रशासनले लिएको यो निर्णयलाई चासोका साथ हेरिएको छ । कतिपयले यसलाई अमेरिकी नीतिमा आएको फेरबदलको रुपमा समेत हेरेका छन् । तर यस विषयमा ह्वाइटहाउसबाट विस्तृतमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुस–युक्रेन युद्ध समाप्त गर्नका लागि हरसम्भव कोसिस गर्ने बताएका थिए । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले दुई दिनअघि मात्रै एक रेडियो अन्तर्वार्तामा रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको र ट्रम्पले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

समाचार एजेन्सी एपीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणका लागि उत्तर कोरियाको समेत समर्थन पाएका छन् । उत्तर कोरियाले रुसमा आफ्ना हजारौं सैनिक पठाएको छ ।

यससँगै युक्रेनमा रुसले अझै घातक आक्रमण गर्नसक्ने अनुमान छ । यसैबीच रुसले अमेरिकामा युरेनियम निर्यातमा पनि अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ । प्रतिबन्ध अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थासँग विदेशी व्यापार सम्झौताअन्तर्गत लागू हुने छन् ।

प्राविधिक र निर्यात नियन्त्रणका लागि संघीय सेवाले जारी गरेको इजाजतपत्र अन्तर्गत वितरण गर्न अनुमति दिइने छ । प्रतिबन्धले युरेनियमको लागि रुसमा निर्भर अमेरिकाको आणविक ऊर्जा आपूर्तिमा अभाव खडा गर्ने आकंलन गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाईडेनले गत मे महिनामा हस्ताक्षर गरेको सन् २०४० सम्म रुसी युरेनियम आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानुन पछि यो कदम चालेको जनाइएको छ । अमेरिकी तथ्यांकअनुसार यस वर्ष रुसी युरेनियमको कूल खरिद ५७४ मिलियन डलर पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा लगभग ३२ प्रतिशत कम हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top