×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रेकर्ड तोड कारोवार गर्दे शेयर बजार, ४ अर्ब बढीको कारोबार

१४ फाल्गुन २०७६

१४ फागुन, काठमाडौं । शेयर बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ । शेयर बजारमा कारोबार रकम अहिले सम्मकै उच्च ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको भएको छ ।

१ सय ८० कम्पनीको ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर खरिद विक्री भएको छ । परिसूचक नेप्से पनि ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक ९ दशमलव ४९ अंकले बढेर ३ सय ३६ दशमलव शुन्य ५ को छ ।

बुधबार शेयर बजार समान्य रहने आकलन लगानीकर्ताले गरिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीले अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि लगानीकर्ता उत्साहित हुँदा कारोबार रकम बढेको देखिन्छ । जसको कारण शेयरको माग बढ्न गई नेप्सेमा पनि उच्च वृद्धि भएको छ ।

अर्थमन्त्री खतिवडा लगानीकर्ताले नरुचाइएका अर्थमन्त्री भएका कारण राष्ट्रिय सभाबाट बाहिरिदा अर्थमन्त्रीबाट समेत बाहिरिनुपर्ने अवस्था आउने र शेयर बजार प्रति विरोधिका रुपमा चिनिएका व्यक्ति बाहिरिदा बजारलाई फाइदा पुग्ने विश्लेषण लगानीकर्ताहरुको छ । जसका कारण केही दिन देखि बजारको कारोबार रकमसँगै नेप्से परिसूचक बढ्दै आएको छ ।

बजारमा एभरेष्ट बैंक,राष्ट्रिय बीमा कम्पनी र युनिलिभर नेपालको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने कालिका पावर, गुरास लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, शिभिल लघुवित्त र जोशी हाइड्रोपावरको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत कम्पनीका शेयरधनीले ८ दशमलव २९ प्रतिशतले गुमाएका छन् । बजारमा सबै समुहका सूचकहरु बढेका छन् ।

सबैभन्दा बढी जीवन बीमा समुहको सूचक ६ दशमलव १२ प्रतिशतले बढेको छ । बैंकिङ समुह पनि ३ दशमलव ८६ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समुह ४ दशमलव ६३ प्रतिशत, होटल समुह ३ दशमलव ७७, निर्जीवन बीमा समुह ४ दशमलव १८ प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सबैभन्दा धेरै २१ करोड ९९लाख ४७ हजार २ सय ५७ रुपैयाँको भएको छ । शिवम सिमेन्टको साढे १८ करोड रुपैयाँको कारोबार भएको छ । १० करोड भन्दा माथि कारोबार हुने ८ कम्पनी रहेका छन् ।

बजारमा ठूला लगानीकर्ताको प्रवेश हुन थालेपछि कारोबार रकम बढेको र साना लागनीकर्ताले पनि ठुला लगानीकर्ताको पछि लागेको देखिएको छ । त्यस्तै शेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरुले पनि सजिलै कर्जा उपलब्ध गराउन थालेपछि बजारमा कारोबार बढेको देखिन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top