Nepal Times
Nepal Times
3
Shares

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल, अवैध रूपमा भित्रिँदै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल, अवैध रूपमा भित्रिँदै

काठमाडौं : औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले ‘रेमडिसिभिर’ नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ ।

‘रेमडिसिभिर’ नामक औषधि दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले नेपाल भित्रिएर कालोबजारी हुने देखिएको छ । परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ । रेमडिसिभिर नामक औषधि दर्ता हुन सके परभाइल ७ हजार रुपैयाँसम्म आयात गर्न सकिने आयातकर्ता बताउँछन् ।

अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले कोभिड–१९ का संक्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ । प्रभावकारी मानिएको यो औषधिको उत्पादन नेपालमा हुँदैन । विभागले दर्ता गर्न आनाकानी गर्दा नेपाली बजारमै कालोबजारी बढ्ने देखिएको छ ।

औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार आपतकालीन प्रयोगका लागि स्पष्ट कानुन नहुँदा समस्या देखिएको बताए । उनले भने, ‘आपतकालीन प्रयोग गर्न कार्यविधि बनेको छ । स्वीकृत भएपछि समस्याको हल निस्किन्छ । छिटोभन्दा छिटो प्रक्रियामा ल्याएर अगाडि लैजानुपर्छ ।’ याे खबर राजधानी दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.