×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रोनाल्डोको टिमले आधा दर्जन गोल खायो

१७ आश्विन २०७९

१७ असोज, एजेन्सी ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यानचेस्टर सिटीले सहरी प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाडमा भएको खेलमा सिटीले चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो आवद्ध युनाइटेडलाई ६–३ गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा चार गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल ग¥यो । इंग्लिस प्रिमियर लिग फुटबलमा बहुप्रतिक्षित मानिएको डर्बी भिडन्तमा सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले ह्याट्रिक गरे । गोलको वर्षा भएको खेलमा हालान्डले खेलको ३४, ३७ र ६४ औँ मिनेटमा र फोडेनले ८, ४४ र ७२ औँ मिनेटमा गोल गरे ।

पहिलो हाफमा ४–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । तर अन्तिम समयमा पुनरागमनको प्रयास गरेको युनाईटेडले ३ गोल गरे पनि हार टार्न भने सकेन् । युनाइटेडका लागि खेलको ५६ औँ मिनेटमा एन्टोनीले गोल गरे । यस्तै एन्थोनी मार्सियलले खेलको ८६ औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे ।

यो जितसँगै सिटी ८ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । सिटी शीर्षस्थानको आर्सनलसँग १ अंकले पछि छ । पराजित युनाइटेड ७ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ । यस्तै इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ ।

लिभरपुल घरेलु मैदान एनफिल्डमा ब्राइटनसँग ३–३ को बराबरीमा रोकिएको हो । लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले दुई गोल गर्दा एक गोल आत्मघाती उपहार प्राप्त भयो । ब्राइटनका लिन्ड्रो ट्रोसार्डले ह्याट्रिक गरे । खेलको चौथो मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई २–० ले अघि बढाए । ३३ औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि खेल २–१ को स्थितिमा आयो । ५४ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–२ को बराबरीमा ल्याए ।

६३ औं मिनेटमा ब्राइटनका एडम वेब्स्टरले आत्मघाती गोल गरेपछि लिभरपुल ३–२ ले अघि बढ्यो । ८३ औं मिनेटमा ट्रोसार्डले ह्याट्रिक पूरा गर्दै ब्राइटनलाई ३–३ गोलको बराबरीमा ल्याए । यो नतिजासँगै ७ खेलमा १० अंक जोडेको लिभरपुुल नवौं स्थानमा रहँदा ब्राइटन समान खेलबाट १४ अंकका साथ चौथो स्थानमा छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top