×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोनाल्डोको ‘डेब्यू’ खेल मेसीको टिमसँग,घमासान भिडन्त हुने

२६ पुष २०७९

२६ पौष ,एजेन्सी ।
विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् ।

डिसेम्बर अन्तिम साता साउदी अरेबियन क्लबमा अनुबन्धित भएका पोर्चुगलका कप्तान रोनाल्डोले मेसीको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको खेलबाट अल नासरमा ‘डेब्यू’ गर्ने छन् । अल नासरका मुख्य प्रशिक्षक रुडी गार्सियाले रोनाल्डोले जनवरी १९ मा हुने फ्रेन्च क्लब पीएसजीसँगको मैत्रीपूर्ण खेलसँगै अल नासरबाट ‘डेब्यू’ गर्ने जनाएका हुन् ।

म्यानचेस्टर युनाइटेडमा रहँदा इंग्लिस प्रिमियर लिगअन्तर्गत एभर्टनविरुद्धको खेलमा एक समर्थकको फोन तोडेको भन्दै फुटबल एसोसियसन (एफए)ले रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध गरेको थियो । यसैकारण रोनाल्डोले अहिलेसम्म अल नासरबाट ‘डेब्यू’ गर्न पाएका छैनन् । “रोनाल्डोले डेब्यू अल नासरको जर्सीमा हुनेछैन ।

उनले अल हिलाल र अल नासरबीचको मिश्रित टिमबाट डेब्यू गर्नेछन्,” अल नासरका प्रशिक्षक गार्सियाले भनेका छन् । कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ र त्यसपछि साउदी अरेबियाको राजधानी किङ फाहद स्टेडियममा हुने खेलमा मेस्सी र रोनाल्डोबीचको प्रतिद्वन्द्वीता नवीकरण हुनेछ ।

गत डिसेम्बरमा कतारमा अर्जेन्टिनाले विश्वकप जितेपछि १५ दिन बिदा लिएका मेसी गत सातादेखि पिएसजीमा प्रशिक्षणका लागि सहभागी भएका छन्।फेब्रुअरीमा ३८ वर्ष पूरा हुने रोनाल्डोले सन् २०२५ सम्मका लागि २० करोड युरो ९करिब २१ करोड ४० लाख अमेरिकी डलर भन्दा बढी मूल्यको सम्झौतामा सहमति जनाएपछि अल नासरमा सामेल भएका हुन्।

सन् २०३० मा ग्रीस र इजिप्टसँग मिलेर विश्वकप आयोजना गर्ने सम्भावित संयुक्त प्रयासअघि साउदी अरेबियाले देशमा फुटबलको प्रोफाइल सुधार्न खोजिरहेको बेला फ्रान्सेली रुडी गार्सियाको प्रशिक्षणमा अल नासरमा पोचुगाली स्टार रोनाल्डोको आगमन भएको हो ।

रोनाल्डो र मेसीले पछिल्लो १५ वर्षमा १२ पटक बालोन डी’ओर जितेका छन् । उनीहरूको प्रतिद्वन्द्विता नौ वर्षको दौडानमा बढ्यो जसमा उनीहरू स्पेनमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा गर्दै आएका थिए । उक्त समय मेस्सी बार्सिलोनाका लागि र रोनाल्डोले रियल म्याड्रिडका लागि खेलेका थिए ।

रियाद क्लब अल हिलाल र अल नासर साउदी अरेबियाका दुई सर्वाधिक सफल टोली हुन् । केलियन एमबाप्पे, नेइमार र मेसीजस्ता स्टार खेलाडीले भरिएको पीएसजीले रियाद कपका लागि साउदीको भ्रमण गर्दैछ । पीएसजीको यो खेलका लागि साउदी प्रो लिगका दुई क्लब अल हिलाल र अल नासरका खेलाडी मिश्रण गरी टिम बनाइनेछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top