×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रोनाल्डो र मेसीमा को उत्कृष्ट ? यस्तो छ, दुवैसँग खेलिसकेका डी मारियाको जवाफ

७ भाद्र २०८१

७ भदौ, विराटनगर ।

अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारियाले विश्व फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँग खेल अनुभव संगालिसकेका छन् । पोर्चुगलका स्ट्राइकर रोनाल्डोसँग क्लब फुटबल अनि मेसीसँग क्लब र देश गरी दुवैतर्फको अनुभव छ, डी मारियासँग ।

हाल पोर्चुगिज क्लब बेन्फिकाबाट व्यावसायिक फुटबल खेलिरहेका डी मारियाले अन्तर्राष्ट्रिय खेलबाट भने सन्न्यास घोषणा गरिसकेका छन् । सन् २०२२ मा विश्वकप जित्दा पनि डी मारिया र मेसी एकसाथ अर्जेन्टिनी टोलीमा थिए । त्यसभन्दा अघि डी मारियाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा मेसीसँग एकसाथ खेलेका थिए ।

रोनाल्डोसँग भने उनले स्पेनिस क्लब रियल मड्रिडबाट एकसाथ खेलेका थिए । सन् २०१४ मा रियलले च्याम्पियन्स लिगको उपाधि जित्दा एकसाथ उत्सव मनाएका थिए, रोनाल्डो र डी मारियाले । रोनाल्डोसँग चार वर्ष रियलमा बिताएका डी मारियाले पिएसजी र रियलबाहेक युभेन्टस र म्यानचेस्टर युनाइटेडबाट पनि खेले ।

अहिले क्लब फुटबलको सुरुआत गर्दाताकाको क्लब बेन्फिका फर्किएका ३६ वर्षीय डी मारियालाई हालै एक अन्तर्वार्तामा मेसी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने प्रश्न सोधिएको थियो । जसमा उनले सर्वाधिक धेरै आठ पटकका बालोन डी‘ओर विजेता मेसी नै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन् ।

उनले फ्रान्स फुबटलसँगको कुराकानीमा भनेका छन्, ‘मैले भन्नै पर्ने हुन्छ, जसले धेरै वर्ष खेलाडी बन्दै सर्वाधिक प्रतिष्ठित अवार्ड जितेका छन् । मेरो लागि मेसी नै उत्कृष्ट हुन् । उत्कृष्टताको सूचीमा मेसी र रोनाल्डोबीच सानोमात्र अन्तर छ ।’

३९ वर्षीय रोनाल्डो पाँच पटक बालोन डी‘ओरबाट पुरस्कृत भएका छन् । एक समय मेसी बार्सिलोना र रानाल्डोले रियलबाट खेल्दा उनीहरूबीच को उत्कृष्ट भन्ने सवाल–जबाफ सर्वत्र हुन्थ्यो । तर, अहिले दुवै जना युरोपियन लिगभन्दा अलग भएर खेलिरहेका छन् ।

बार्सिलोना छोडेर मेसी पिएसजी हुँदै अमेरिकन क्लब इन्टर मियामी पुगेका छन् भने रोनाल्डोले रियल छोडेपछि युभेन्टस, म्यानचेस्टर युनाइटेड हुँदै साउदी अरेबियन क्लब अल नासरबाट खेलिरहेका छन् । मेसी र रोनाल्डो दुवै खेलाडीको सहयोगमा आफ्नो खेलमा सुधार आएकोमा खुसी छन्, डी मारिया । पछिल्ला केही वर्ष उनीहरूसँग फुटबल खेल्दा आफूमा धेरै नै परिवर्तन आएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘विश्वभरि रोनाल्डो र मेसीमा को उत्कृष्ट छ भनेर निरन्तर चर्चा हुँदै आइरहेको छ । जबकि, उनीहरू अमेरिका र साउदी अरबमा छन् । ला लिगामा उनीहरू हुँदासम्म लिग नै उत्कृष्ट बनेको थियो । फुटबलप्रति सबैको माया बढाउने काम नै उनीहरूले गरेका थिए । त्यसमा एउटा चासोको विषय के हो भने, अहिले अमेरिकीहरूले पनि फुटबलको पुनर्खोज सुरु गरिसकेका छन् ।’

मेसी र रोनाल्डोबीच को उत्कृष्ट भन्ने सवाल करिब–करिब डेढ दशक अघिदेखि नै फुटबल समर्थकहरू उठाउँदै आएका छन् । मैदानभित्र घनघोर प्रतिस्पर्धा रहने मेसी र रोनाल्डोबीच मैदानबाहिर पनि उत्तिकै प्रतिस्पर्धा हुन्थ्यो । विशेषगरी उनीहरूले पुरस्कारमा, उनीहरूले बनाउने कीर्तिमानमा, राष्ट्रिय टोलीका लागि गरेको योगदानमा र सामाजिक सञ्जालमा उस्तै प्रतिस्पर्धा रहन्थ्यो ।

अरूमा उत्तिकै प्रतिस्पर्धा रहँदा सन् २०२१ सम्म राष्ट्रिय टोलीका लागि गरेको योगदानमा मेस्सी निरिह थिए । किनकि, सन् २०१६ मा नै रोनाल्डोले पोर्चुगललाई नेसन्स लिग जिताएका थिए । तर, २०२१ मा कोपा अमेरिका र २०२२ को विश्वकप जितेपछि राष्ट्रका लागि योगदान दिने मामलामा रोनाल्डो पछाडि परे ।

रोनाल्डो फुटबल इतिहासमा सर्वाधिक धेरै गोल गर्ने खेलाडी पनि हुन् । उनले पोर्चुगलका लागि २१२ खेल खेलेर १३० गोल गरेका छन् भने क्लबतिर एक हजार १६ खेल खेलेर ७६२ गोल गरेका छन् । मेस्सीले भने अर्जेन्टिनाका लागि १८७ खेल खेल्दा १०९ गोल गरेका छन् भने क्लबतर्फ ९०४ खेल खेलेर ७३५ गोल गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top