Nepal Times
Nepal Times
3
Shares

रोल्पा आगलागीः २६ घरसहित पाँच गोठ जलेर नष्ट, आगो अझै नियन्त्रणबाहिर

रोल्पा आगलागीः २६ घरसहित पाँच गोठ जलेर नष्ट, आगो अझै नियन्त्रणबाहिर

१५ वैशाख, रोल्पा । रोल्पामा आगलागीका कारण २६ घरसहित पाँच गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर नष्ट भएका हुन् ।

आगलागीबाट २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।

आगलागीमा २० वटा बाख्रा, १३ वटा गाई जलेर मरेका छन् । यस्तै, तीन दिनदेखि पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँका जंगलमा पनि आगलागी भइरहेको छ ।

तीन दिनमा त्रिवेणी गाउँपालिका वडा नम्बर २ का २÷३ वटा गाउँ बाहेक सबै जस्तो क्षेत्रमा आगलागी भएको छ ।

तीन दिनदेखि लागेको आगो निभाउन स्थानीयबासिन्दा र सुरक्षाकर्मीहरु खटिए पनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन् ।

रातभर स्थानीयबासिन्दालाई आफ्ना सरसामान बाहिर निकालेर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी सुवेदीले बताए ।

हावाहुरीका कारण आगो नियन्त्रणका लागि कठिनाइ भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.