Nepal Times
Nepal Times
3
Shares

रोवर्टहरुको फुटबल मेला काठमाडौंमा

रोवर्टहरुको फुटबल मेला काठमाडौंमा

४ पौष, काठमाडौं । काठमाडौमा आईसिटी स्टार्टअप एण्ड इनोभेसन मेला सुरु भएको छ । ५० वटा स्टल रहेको मेलामा विभिन्न कम्पनीहरुले बनाएका नयाँ उत्पादनहरु प्रदर्शनीमा राखिएको छ ।

डिजिटल नेपाल बनाउने नेपाल सरकारको अभियानलाई साथ दिन मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताएका छन् ।

मेलामा रोवर्टहरुको फुटबल, नास्टले तयार पारेको नानो स्याटेलाईट तथा नेपालीहरुले नै बनाएका रकेट स्याटेलाइटहरुको प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले सूचना प्रविधिको क्षेत्रमा उन्नती नभई अन्य क्षेत्रमा प्रगति गर्न नसकिने बताए ।

मेलाको उद्घाटन सत्रमा बोल्दै सचिव सुवेदीले डिजिटल नेपालको अभियान पनि यसैका लागि भएको बताए ।

उनले कृषि, स्वास्थ्य, शिक्षा, उर्जा, पर्यटन तथा वित्त क्षेत्रमा डिजिटल नेपालको ढाँचा अनुसार काम भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्थाहरुको भूमिका सशक्त हुनुपर्ने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.