×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

लंकामा कम्युनिष्ट सरकार बन्दा एमाले गद्गद्

२ मंसिर २०८१

२ मंसिर,एजेन्सी ।

श्रीलङ्कामा हालै नोभेम्बर १४ मा सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा एमालेले खुसी प्रकट गरेको छ । श्रीलङ्कामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताप्रति खुसी प्रकट गर्दछ एमालेले बधाई ज्ञापन गरेको छ । निर्वाचनमा २ सय २५ स्थानमध्ये १ सय ५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुईतिहाई बहुमत हासिल गरेको छ ।

कुशासन, राजनीतिमा हाबी, परिवारवाद र चरम आर्थिक सङ्कटका विरुद्धमा दुई वर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायकेको विजय र हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास एमाले व्यक्त गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले आज एक वक्तव्य जारी गरी कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको नेकपा एमाले पार्टी श्रीलङ्कामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताबाट खुसी भएको उल्लेख गरेका छन् ।

निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभिपी), यसको अगुवाइमा स्थापित मोर्चा एनपिपी र राष्ट्रपति अनुराकुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

सङ्कटका बेला जनताले रोजेको विकल्पलाई सही रूपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना पनि एमालेले दिएको छ । श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको वामपन्थी गठबन्धन नेशनल पीपुल्स पावर (एनपीपी) ले कुल २२५ मध्ये १५९ सिट सहित दुई तिहाई बहुमत हासिल गरेको हो ।

यसअघि २२ सेप्टेम्बरमा वामपन्थी नेता दिसानायके श्रीलंकाका राष्ट्रपति चुनिएका थिए । उनले भ्रष्टाचारविरुद्ध लड्ने र श्रीलंकाले व्यहोरिरहेको आर्थिक संकटबाट बाहिर निकाल्नका लागि बहुमत आवश्यक भएको भन्दै संसदको मध्यावधि निर्वाचनमा होमिएका थिए ।

प्रत्यक्षतर्फ १४१ सिट ल्याएको एनपीपीले समानुपातिकतर्फको २९ सिटमध्ये १८ सिट आफ्नो भागमा पर्दा कुल १५९ सिट अर्थात् दुई तिहाइभन्दा बढी ल्यायो । निवर्तमान विधानसभामा जम्मा ३ सिट जितेको एनपीपीले दुई तिहाई सिट जितेर ऐतिहासिक नतिजा निकालेको छ ।

दुई तिहाई बहुमतले दिसानायकेलाई कार्यकारी अध्यक्षता खारेज गर्ने प्रक्रिया सुरु गर्ने अधिकार समेत दिनेछ यद्यपि विश्लेषकहरूले यो चिन्ताको विषय नभएको र प्राथमिकतामा पर्ने सम्भावना नरहेको बताउँछन् ।

सन् २०२२ मा श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिएका बेला तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताच्यूत गरिएको थियो । त्यसपछि भएको निर्वाचनबाट राष्ट्रपति बनेका दिसानायकेले पहिलोपटक सत्ताको नेतृत्व सम्हाल्दै भ्रष्टाचारविरुद्ध लड्ने र देशको चोरी भएको सम्पत्ति फिर्ता गर्ने घोषणा गरेका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top