×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

लण्डन उड्नु अघि रातभर सुत्न सकेनन् मेयर हर्क

१ कार्तिक २०८१

१ कार्तिक , काठमाण्डौ ।

सुनसरीको धरान उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारीको विषयमा विवाद उत्पन्न भएको छ । बेलायत भ्रमणमा निस्किएका उपमहानगर प्रमुख हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएपछि राजनीतिक दल रुष्ट बनेका छन् ।

उपप्रमुख हुँदाहुँदै विधि विधान मिच्ने नियतसाथ वडाध्यक्षलाई कार्यवाहक दिएको भन्दै धरानका ६ राजनीतिक दलले असन्तुष्टि जनाएका छन् । साम्पाङ करिब तीन साताका लागि बेलायत भ्रमणमा बिहीबार नै त्यसतर्फ गएका छन् । दशैँको समय पारेर उनले वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई पत्र दिएर कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

दैनिक अधिकतम ५ हजार रूपैयाँमात्र आर्थिक सहयोग खर्च गर्न पाउने, कार्यपालिका बैठक नबोलाउने र नबसाउने, खानेपानी महसुल वृद्धि विरोधमा दलहरूको आन्दोलनको क्रममा तोडफोड भएको गेट र नगरपालिकाको बोर्ड तत्काललाई मर्मत नगर्ने, रेडबुकका कुनै योजना स्वीकृत नगर्ने, करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने, सरुवा–बढुवा नगर्ने सर्तसहित वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी तोकेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका नगर अध्यक्षहरूले संयुक्त वक्तत्व जारी गर्दै साम्पाङको निर्णय लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको जनाएका छन् ।

नेपाली कांग्रेसले ६ दलसँगै वक्तब्य ननिकाले पनि कांग्रेस नेता तथा धरानका पूर्वमेयर तिलक राईले स्थानीय सरकार संचालन ऐन विपरीत कार्यवाहक दिइएको टिप्पणी गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (क) १२ मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकाका प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’

विज्ञप्तिमा नेपाली कांग्रेसले भने हस्ताक्षर नगरेपछि ,‘ नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक मूल्य र मान्यता मान्ने पार्टीबाट निर्वाचित वडा अध्यक्षले आफ्नै पार्टीसहितले बनाएको संविधान र कानूनविपरीत सर्तसहित केवल थपनामात्रको कथित कार्यवाहकको जिम्मा लिनु आश्चर्यजनक भएको छ ।’

यसअघि झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले वडा अध्यक्षलाई कार्यवाहक दिएको विषयमा परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश सोमकान्त मैनालीको इजलासले गाउँपालिका अध्यक्षको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

२०८० भदौ ५ गतेको आदेशमा गाउँपालिकाका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ । अदालतको आदेशसँगै गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले स्वतः कार्यवाहक पाएकी थिइन् । स्वतन्त्र उमेदवारी दिएर उपमहानगर प्रमुखमा विजयी भएका साम्पाङ धरानमा खानेपानीको वितरणका कारण चर्चित छन् ।

उनी सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी गरिरहने कारण विवादित छन् । लण्डन उड्दै गर्दा पनि उनले काठमाडौंमा रहदा दर्जनबढी स्टाटस सामाजिक संजालमा लेखेका छन्, अरूलाई पाप चिताउनेको दाहिने भगवान् कहिल्यै हुँदैनन् ! यति बुझ्नु ‘सबैको हित चिताउने मानिसलाई भगवानले सदैब साथ दिइरहन्छन् !’ जय मानव ! यसको करिब एक घण्टापछि साम्पाङको आफू रातभरि निदाउन नसकेको उल्लेख गरेका छन् ।

जनताको आँखामा देखिएको त्यो आशाको किरणलाई समेटेर सुनौलो प्रभात ल्याउने कसम खाएको एउटा सानो मान्छे रातभर सुत्न सकेन ! मनमा अनेकन् कुराहरू मडारिएर सुत्न दिएन ! लागियो एयरपोर्ट तर्फ !’उनी श्रीमती र छोरासहित लण्डनका लागि उडेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top