×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

२७ आश्विन २०८१

२७ असोज , एजेन्सी ।

भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको जिम्मा लरेन्स विश्नोई समूहले लिएको छ । सामाजिक सञ्जालमार्फत बिश्नोई समूहले नेता सिद्दिकीको हत्याको जिम्मेवारी लिएको हो ।

उक्त समूहले बलिउड अभिनेता सलमान खानलाई सहयोग गर्ने व्यक्तिले आफ्नो हिसाब–किताब गरेर बस्न चेतावनीसमेत दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विश्नोई समूह बेलाबेला अभिनेता सलमान खानलाई मार्ने धम्की दिँदै आएको छ ।

मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले नेता सिद्दिकीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । एक जना फरार रहेका छन् ।

पक्राउ परेका मध्ये एक उत्तर प्रदेश र अर्का आरोपी हरियाणाका भएको बताइएको छ । सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए । झण्डै पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका सिद्दिकी यसै वर्ष कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते सिद्दिकीलाई लीलावती अस्पताल लगिएको थियो । तर, चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए । सिद्दिकीको आज राति नै अन्त्येष्टि गरिने भएको छ । यो जानकारी बाबा सिद्दिकीका छोरा तथा विधायक जिशान सिद्दिकीले ‘एक्स’ पोस्टमार्फत दिएका हुन् ।

उनले लेखेका छन्, ‘धेरै दुःखका साथ हामी तपाईंलाई सूचित गर्दछौँ कि हाम्रा प्रिय बाबा सिद्दिकी, विधायक जिशान बाबा सिद्दीकी र डा. अर्शिया सिद्दिकीका पिता तथा शाहजिन सिद्दिकीका पतिको निधन भएको छ।’ उनले जानकारी दिँदै लेखेका छन्, ‘आज, १३ अक्टोबर आइतबार, साँझ ७ बजे मकबा हाइट्स, १५ए, पाली रोड, पाली नाका, बान्द्रामा नमाज–ए–जनाजा हुनेछ।

उहाँको पार्थिव शरीरलाई आज राति ८ः३० बजे मरिन लाइन्स स्टेसनअगाडि रहेको बडा कब्रिस्तानमा अन्त्येष्टि गरिने छ।’ उता भारतीय अभिनेता सलमान खान र उनका सहयोगीहरुको दुश्मन बनेका लरेन्स विश्नोई सन् १९९३ फेब्रुअरी १२ मा जन्मिएका हुन् ।

उनको पञ्जाबको फिरोजपुरमा घर छ । लरेन्सले पञ्जाब विश्वविद्यालयबाट एलएलबीको अध्ययन पूरा गरेका छन् । सन् २००९ मा अध्ययनका क्रममा उनी पञ्जाब युनिभर्सिटीको एक विद्यार्थी संगठनसँग जोडिए ।

सोही समयमा उनको भेट विद्यार्थी संगठनका अध्यक्ष गोल्डी बराडसँग हुन्छ । गोल्डीसँगको भेट र विश्वविद्यालयको विद्यार्थी राजनीतिमा आएपछि लरेन्सका कदमहरू अपराधको दुनियाँतिर बढ्न पुगे ।

उनी अवैध गतिविधिहरूमा सहभागी हुन थाले । लरेन्स विश्नोई भारत सरकारको नजरमा एक ‘आतंकवादी’ हुन् । उनीविरुद्ध राष्ट्रिय जाँच एजेन्सी र दिल्ली पुलिसले गैरकानूनी गतिविधि रोकथाम अधिनियमअन्तगर्त मुद्दा दायर गरेको छ ।

विश्नोई समूहले पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या गरेको दाबी गरेको थियो । लरेन्स अहिले दिल्लीको तिहाड जेलमा कैद छन् । उनीविरुद्ध दुई दर्जन आपराधिक मुद्दा दर्ता छन् । विश्नोई समूहमा पेशेवर निशानेबाजहरू समावेश छन् ।  उनीहरू पञ्जाब, हरियाणा, राजस्थान, दिल्ली र हिमाचल प्रदेशबाट समूहका लागि काम गर्दछन् ।

उनीहरूको सञ्जाल विश्वभर फैलिएको दाबी भारतीय सञ्चार माध्यमहरूको छ । लरेन्सका साथी सन्दीप भनिने काला जठेडीलाई दिल्ली पुलिस स्पेसल सेलले महाराष्ट्र संगठित अपराध नियन्त्रण अधिनियम (मकोका) मामिलामा ५ लाख रुपैयाँ पुरस्कार घोषणा गरेर पक्राउ गरेको थियो।

सन्दीप यतिबेला जेलमा बन्दी जीवन बिताइरहेका छन् । विश्नोई समूहमा ७ सयभन्दा बढी ‘शुटर्स’हरू रहेका अनुमान छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top