Nepal Times
Nepal Times
3
Shares

ललितपुर महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण

९ असोज, काठमाडौँ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको महर्जनले जानकारी दिए ।

बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी महर्जन कोरोना देखिएपछि होम आइसोलेसनमा बसेका छन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.