×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ललिताको जग्गामा महानगरले भवन बनाउन नदिने

१८ असार २०८०

१८ असार, काठमाण्डौ ।
लामो समयदेखि अनुशन्धान भईरहेको र पछिल्लो समय जग्गा अपचलनको विषय अदालतमा विचाराधीन भएको बहुचर्चित बालुवाटारको ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने भएको छ । महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जनाएको हो ।

महानगरको वडा नम्बर ४ मा पर्ने उक्त क्षेत्रमा र अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि सार्वजनिक सूचना जारी गरेको छ । सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने चेतावनी पनि दिएको छ । भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने चेतावनी दिइएको छ ।

हिजो मात्रै महानगरले ललिचता निवासको जग्गामा तारबार गर्नका लागि नगर प्रहरी पठाएको थियो । जग्गा हिनामिना प्रकरण छानबीन भइरहेको बेला काठमाडौं महानगरपालिको टोली सो क्षेत्र घेरबार गर्न पुगेको थियो । मेयर बालेन शाहको निर्देशनपछि महानगरीय प्रहरी बलको टोली ललिता निवासमा घेरबार गर्न पुगेको थियो ।

महानगर प्रहरीले ललिता निवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललिता निवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो । ललिता निवासको जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।

ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । त्यस्तै यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।

सीआईबीले यो काण्डमा सरकारी कर्मचारी, व्यवसायी, भू–माफियासहित ४ सय जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दायर गर्नुपर्ने निष्कर्ष निकालेको छ । पछिल्लो समय मात्रै सिआईबीले १० जनालाई यो जग्गाको कीर्ते गरेको अभियोगमा पक्राउ गरेको थियो । जसमा ३ जना छुटेका छन् भने बाँकी ७ जना प्रहरी हिरासतमा नै रहेका छन् ।

हिजो मात्रै ललिता निवास जग्गा कीर्ते गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले थप तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार आरोपितलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

सीआईबीले बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो। पक्राउ परेका महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरका अधिकृत हुन्। त्यस्तै कार्की पनि मालपोत कार्यालयका कर्मचारी हुन्। भट्टराई २०६० सालमा कमनापा–४ का वडासचिव थिए। कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top