×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ललितपुर, १७ वैशाख ः श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै विपश्यना ध्यान केन्द पनि बनाइने भएको छ ।

पच्चीस सय बैसठ्ठिऔँ बुद्ध जयन्तीका अवसरमा आज सोही नगरपालिका–६ स्थित सिद्धिमंगल बुद्ध विहारमा आयोजित कार्यक्रममा प्रदेश नं ३ का सभासद् माधव पौडेलले सो मूर्ति स्थापना गरिने र ध्यान केन्द्र पनि बनाइने निर्णय भएको जानकारी दिएका हुन् । बुद्धको सन्देशबाट मानिसको हितका साथै ज्ञान पनि प्राप्त हुने भएकाले यसलाई व्यापक रूपले प्रचार–प्रसार गर्नुपर्नेमा उनले जोड दिए ।

उक्त नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले संक्रमणकाल पछिको देशको शान्ति, सुव्यवस्था र विकासका लागि भगवान् बुद्धका सन्देशले मार्ग प्रशस्त गर्छ भन्दै यसबाट घर परिवार, गाउँ, समुदाय र विभिन्न धार्मिक सम्प्रदाय बीचको सम्बन्ध सुमधुर बनाउन सहयोगी भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

उक्त विहारका भिक्षु विमलो स्थवीर, सोही क्षेत्रका वडाध्यक्ष वासुदेव महर्जन लगायतका वक्ताले बुद्ध धर्मका विविध विषयमा चर्चा गरेका थिए । सोही अवसवरमा उक्त विहारबाट प्रकाशित ‘त्रि–बोधिरस’ नामक पहिलो मासिक पत्रिका सामूहिक लोकार्पण गरिएको थियो ।
रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top