×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ला लिगामा बार्सिलोना चम्कियो

२ भाद्र २०८१

२ भदौ , एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले विजयी शुरुवात गरेका छन् । गएरातीको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी इपस्विचलाई तथा अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो । इपस्विचको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका डिएगो जोटा र मोहम्मद सलाहले समान एक÷एक गोल गरे ।

त्यस्तै अर्को खेलमा आर्सनलका काई हाभार्ट र बुकायो साकाले गोल गरे । जितसँगै लिभरपुल र आर्सनलले समान तीन अङ्क जोडेका छन् । त्यस्तै हिजो बेलुका नै भएको अर्को खेलमा ब्राइटनले एभर्टनलाई ३–० गोलले, न्यूक्यासलले साउथह्याम्पटनलाई १–० गोलले हरायो । नटिङघम फरेस्ट र बर्नमाउथले एक÷एक गोलको बराबरी खेलेका छन् ।

गएराति भएको अर्को खेलका एस्टनभिल्लाले वेस्ट ह्यामलाई २–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ । इंग्लिस प्रिमियर लिगमा आज बेलुकी पौने ७ बजे ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस तथा सवा ९ बजे चेल्सी र म्यानचेस्टर सिटी खेल्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता टोली हो ।

उता, भ्यालेन्सियाविरुद्ध जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगामा सुखद सुरुवात गरेको छ । घरेलु मैदान मेस्टाला स्टेडियममा भएको खेलमा भ्यालेन्सिया २–१ ले पराजित भयो । बार्सिलोनालाई जित दिलाउन दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । भ्यालेन्सियाका लागि ह्युगो डुरोले सान्त्वना गोल गरे ।

खेलको ४४ औं मिनेटमा डुरोको गोलमार्फत भ्यालेन्सियाले अग्रता लिएको थियो । उनले डियगो लोपेजको पासलाई गोल गरेका थिए । यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा लमिन यमलको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए ।

लेवान्डोस्कीले ४९ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई जित दिलाए । जीतसँगै बार्सिलोनाको तीन अङ्क जोडेको छ । शनिवार भएको अर्को खेलमा ओसासुना र लेगानिसले १–१ गोलको बराबरी खेलेका थिए । ला लिगामा आइतबार १ खेल रहेको छ ।

उक्त खेलमा राती पौने ११ बजे रियल सोसिडाड र रायो भालेकानो भिड्दैछन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top