×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१० भदौ, विराटनगर । 

नयाँ सिजनको स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले पहिलो जित आत्मसात् गरेको छ । आइतबार राति आफ्नो दोस्रो खेल खेलेको रियलले रियल भल्लाडोलिडलाई ३-० गोललले हराउँदै पहिलो जित दर्ता गरेको हो ।

यसअघि पहिलो खेलमा रियलले मल्लोर्कासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तर, गए राति सान्टियागो बर्नाबेउमा भने रियलले भालाडडोलिडमाथि सहज जित निकाल्यो ।

रियलको जितमा फेडेरिको भाल्भेर्डे, ब्राहिम डियाज र एन्डरिकले एक-एक गोल गरे । तर, रियलका नयाँ खेलाडीको रूपमा रहेका किलियन एमबाप्पे भने दोस्रो खेलमा पनि चल्न सकेनन् ।

युरोपा लिग च्याम्पियन एटलान्टालाई २–० ले हराउँदै युइएफए सुपर कपको उपाधि उचाल्दा एमबाप्पेले एक गोल गरेका थिए । त्यसैले उनले रियलमा आशाजनक सुरुआत गरेको मानिएको थियो । तर, लिगमा भने उनले गोल गर्न सकिरहेका छैनन् ।

गए राति खेलको पहिलो हाफमा गोलका लागि निकै संर्घष गरेको रियलले दोस्रो हाफमा मात्र गोल गर्न सकेको थियो । खेलको ५०औँ मिनेटमा भाल्भेर्डेले रियलका लागि गोलको खाता खोलेका थिए ।

वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ब्रहिम डियाजले ८८औँ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको छैटौँ मिनेटमा एनरिकले गोल थपेर रियललाई ३–० को अवस्थामा ल्याए ।

रियल दुई खेलबाट चार अंकसहित ला लिगा तालिकाको तेस्रो स्थानमा छ भने शीर्ष स्थानमा रहेको बार्सिलोना र सेल्टा भिगोभन्दा दुई अंकले पछि छ ।

Scroll to Top