Nepal Times
Nepal Times
3
Shares

लिपुलेक र कालापानीमा राजा वीरेन्द्रले गराएका थिए जनमत संग्रह !

लिपुलेक र कालापानीमा राजा वीरेन्द्रले गराएका थिए जनमत संग्रह !

४ मंसिर, काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा उल्लेखित लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत दार्चुला जिल्लाका सबै वडामा जनमत संग्रह भएको तथ्याङ्क फेला परेको छ ।

वि.स. २०३६ मा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत लिने कि बहुदलीय व्यवस्था ? भन्ने विषयमा जनमत संग्रह गराउँदा सो क्षेत्रका जनता सहभागी भएको अभिलेख फेला परेको हो ।

राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गाका अनुसार उक्त अभिलेखमा महाकाली अन्चलको सुदुरपश्चिमान्चल विकास क्षेत्रअन्तर्गत दार्चुलाका २५ पञ्चालयतका जनताले जनमत संग्रहमा सहभागिता जनाएका थिए ।

२५ जिल्लालाई भाग १ र २ मा छुट्याइएको उक्त अभिलेखमा ती पञ्चायतसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटिएको छ । यी तीन वटै स्थान अहिले ब्यास नगरपालिकामा पर्दछन् । नेपाल समाचारपत्र दैनिकबाट

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.