Nepal Times
Nepal Times
3
Shares

लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा प्रवेश

लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा प्रवेश

६ जेठ, काठमाडौं ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष चारमा प्रवेश गरेको छ ।

बर्नलीलाई ३–० गोलले पराजित गर्दै लिभरपुलले अर्को च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको हो ।

लिभरपुलका लागि फिर्मिनो, फिलिस्प र अक्सलाइ चेम्बरलिनले एक÷एक गोल गरेका हुन् । जितसँगै लिभरपुल ६६ अङ्कसहित चौथो स्थानमा रहेको छ ।

यस्तै एभर्टनले वुल्भ्स्लाई १–० गोलले पराजित गरेको छ भने न्यू क्यासलले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको छ । एस्टोन भिल्लाले टोटन ह्यामलाई २–१ गोलले पराजित गरेको छ ।

यस्तै क्रिस्टल प्यालेससँगको खेलमा आर्सनल ३–१ गोलले विजयी भएको छ । लिगमा छनोट हुने आशासहित मैदानमा उत्रिएको वेष्ट ह्याम युनाइटेडले वेस्ट ब्रुमलाई ३–१ गोलले पराजित गरेको छ ।

इङ्ग्लिस प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.