×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लुम्बिनी प्रदेशको बाँकेमा अहिले सम्मकै धेरै एक सय ६० मिलिमिटर पानी पर्यो

४ श्रावण २०७९

४ साउन ,काठमाण्डौ ।

पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशको बाँकेमा सबैभन्दा धेरै पानी परेको मौसमविद्ले बताएका छन् । बाँकेको खजुरामा आज सबैभन्दा धेरै एक सय ६० मिलिमिटर पानी परेको मौसमविद् समिर श्रेष्ठले बताए । यो भनेको अति धेरै वर्षा हो । बाँकेमा यो अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो । मौसमविद्को भाषामा कुनै स्टेशनले तोकेको ठाउँमा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई मध्यम, सयदेखि एक सय ५० सम्मलाई भारी र एक सय ५० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति धेरै भारी वर्षा भन्ने गरिन्छ ।बाँकेको खजुरापछि बर्दियाको गुलरियामा एक सय पाँच मिलिमिटर पानी परेको छ । अहिले पनि बाँके र बर्दियामा निरन्तर वर्षा भइरहेको छ । वर्षाले बाँकेको कोहलपुर र नेपालगञ्जका केही क्षेत्र जलमग्न भएका छन् । सडक अग्लो भएको क्षेत्रमा दर्जनौँ घर र पसलमा पानी पसेको छ भने नालाको निकास बन्द भएको ठाउँमा पानी जमेर डुबान भएको छ ।साउनको पहिलो हप्तासम्म पनि वर्षा नभएपछि रोपाइँ गर्न नपाएका किसानहरू बुधवार बिहानदेखि परेको ठूलो वर्षाबाट खुसी भएका छन् । देशका अरू ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज राति भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा हिजोदेखि पानी परिरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top