×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपालमा

२८ मंसिर २०८१

२८ मंसिर , एजेन्सी ।

वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा नेपाल आइपुगेका छन् । आज बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए । विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलो पटक नेपाल आएका हुन् ।

उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्नेछन् भने क्रिकेट खेलाडीहरूसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।

एनपिएलको पहिलो संस्करणलाई विशेष बनाउन क्यानले लारालाई निमन्त्रण गरेको हो । क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘विश्वकै लेजेण्ड क्रिकेटर आएर नेपाली क्रिकेट हेर्दा र अबजर्भ गर्दा नेपाली क्रिकेटबारे संसार भर सन्देश जाने अनी क्यान र नेपाली क्रिकेटलाई पनि केही सुझाव दिने लगायत कुराहरु हुन्छ ।

लाराको आगमनले प्रतियोगिताले थप नयाँ उचाइ लिने क्यानको भनाइ छ । लेजेन्डरी क्रिकेटर लाराको नेपाल भ्रमण नेपाली खेलकुदको क्षेत्रमा एक महत्वपूर्ण घटना हुनेछ। ब्रायन लारा क्रिकेट इतिहासका एक महान ब्याट्सम्यान हुन्,जसले आफ्नो करियरमा अद्वितीय उपलब्धिहरू हासिल गरेका छन्।

नेपालमा उनको भ्रमणले क्रिकेटप्रतिको जागरूकता, उत्साह र विकासमा मद्दत पु¥याउने अपेक्षा गरिएको छ । नेपाली क्रिकेटको बढ्दो लोकप्रियतासँगै लाराको उपस्थितिले युवा खेलाडीहरूलाई प्रेरणा दिने र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न मद्दत पुग्ने क्यानको अपेक्षा छ ।

उनी पहिलोपटक नेपाल आएका हुन् । यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी–२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए । नेपाल विश्वकपमा छनोट भएको केही समयपछि एक नेपाली क्रिकेट फ्यानसँगको ट्वीट सम्वादमा उनले नेपाली टोलीको प्रशंसा गरेका थिए ।

त्यसपछि उनले ट्वीट गर्दै नेपाली टोलीको खेल चमत्कारिक रहेको भन्दै बर्मुडामा खेल हेर्दा नै आफू प्रभावित भएको बताएका थिए । एनपिएलको आधाजसो खेल सकिएको छ । ट्रिनिडाड एन्ड टोबागोका महान ब्याटर ५५ वर्षे लाराले टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान बनाएका छन् ।

लाराले वेस्टइन्डिजका लागि एक सय ३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने दुई सय ९९ एकदिवसीय खेलमा १० हजारभन्दा धेरै रन बनाएका छन् । उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी जितेका थिए ।

उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् । ट्रिनिडाडमा जन्मिएका ५५ वर्षीय बायाँ हाते ब्याटर सर्वकालिक दिग्गज खेलाडीमध्ये एक मानिन्छन् । एकदिवसीयमा उनको उच्च स्कोर १६९ रन रहेको छ । उनले सन् २००७ मा क्रिकेटबाट सन्यास लिएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top