×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

लेबनानमा छन् कति नेपाली सेना, इजरेलले कहाँ हान्दैछ मिसाइल ?

९ भाद्र २०८१

९ भदौ ,एजेन्सी ।

लेबनानको हिजबुल्लाह समूह र इजरायबीच युद्ध सुरु भएपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ । एकअर्काविरुद्ध मिसाइल हानाहानपछि तनावपूर्ण अवस्था उत्पन्न भइरहेका बेला लेबनानमा शान्ति सेनाका रुपमा रहेका नेपाली सेनाको सुरक्षाको बारेमा समेत चिन्ता सुरु भएको छ। तर संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत लेबनानमा नेपाली शान्तिसैनिक तैनाथ इलाका हालसम्म सुरक्षित अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ ।

लेबनानमा राष्ट्रसंघीय शान्ति स्थापनार्थ ‘युनाइटेट नेसन्स इन्टेरिम फोर्स इन लेबनान’ (युनिफिल) मिसन अन्तर्गत विभिन्न देशका ९ हजार ५ सय ३२ जनाको फौज तैनाथ रहेकोमा नेपाली सेनाबाट मात्रै करीब ८ सय ५० जना सैनिक कार्यरत छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार लेबनानको दक्षिण पश्चिम भाग मेइसेज जाबलमा युनिफिल मिसन अन्तर्गत नेपाली सेनाको गण हेडक्वार्टर तैनाथ छ।

गण अन्तर्गत अरु ६ स्थानमा नेपाली शान्ति सैनिकका युनिट छन्। सेनाका प्रवक्ता केसीले हिजबुल्लाह र इजरायलबीच एकअर्काविरुद्ध आक्रमणका विवरणहरु बाहिर आएलगत्तै नेपाली मिसनसँग नियमित सम्पर्क भइरहेको र हालसम्म्को अवस्था हेर्दा गण हेडक्वार्टर तथा मातहत इलाकाको अवस्था जोखिममुक्त रहेको बताएका छन् ।

तर आक्रमणको असर मातहत इलाकामा पनि पर्न सक्ने जोखिमलाई मध्यनजर गरेर युनिफिल मिसन हेडक्वार्टरले पनि आवश्यक सजकता अपनाउन भनिसकेको र नेपाली सेनाका तर्फबाट पनि आफ्ना फौजलाई त्यसप्रति सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता केसीले बताएका छन् । लेबनानमा सन् १९५५ देखि नेपाली सेना त्यहाँ शान्ति स्थापनार्थ खटिँदै आएको छ।

१९७८ मार्च २३ देखि पल्टनका रुपमा सेनाको फौज निरन्तर तैनाथ छ। लेबनानको हिजबुल्लाह समूहले आइतबार उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार गरिसकेको छ। बेरुतमा हिजबुल्लाहका कमाण्डरको हत्यापछि त्यसको बदलामा हिजबुल्लाहले इजरायबिरुद्ध आक्रमण सुरु गरेको हो। हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले जेट विमानबाट पनि प्रत्याक्रमण गरिरहेको छ।

इजरेली आक्रमणमा लेबनानमा ३ जनाको ज्यान गएको छ । दुईपक्षबाट एकअर्काबिरुद्ध आक्रमण जारी रहेका बेला शान्ति मिसन तैनाथ क्षेत्रमा यसको असर पर्ने जोखिमकाबीच नेपाली सेनाले हालसम्म मातहत इलाकाको अवस्था सामान्य रहेको स्पष्ट पारेको हो। एक अर्काबीच आक्रमण तथा प्रत्याक्रमण जारी रहेकाले अबका केही दिन त्याहा तनावपूर्ण अवस्था जारी रहने अनुमान गरिएको छ ।

लेबनान र हिजबुल्लाको पछाडि इरान रहेको छ भने इजरेलको पछाडि अमेरिका रहेको छ । चार वर्षअघि सेप्टेम्बर २०२० मा इजरायलले अब्राहम सम्झौतामा हस्ताक्षर गरेको थियो, जसको फाइदा अहिले क्षेत्रीय तनावको समयमा उसलाई प्राप्त भइरहेको छ। यो सम्झौताले इजरायलको सुरक्षाको जिम्मेवारी युरोपेली कमाण्डबाट सिधै अमेरिकी केन्द्रीय कमाण्डमा हस्तान्तरण गरेको थियो ।

यससँगै इजरायली सेना मध्यपूर्वमा पश्चिमा समर्थक सैन्य गठबन्धनमा सक्रिय सहभागी बन्यो। औपचारिक नभए पनि यो गठबन्धन नेटो भन्दा बढी महत्त्वपूर्ण छ। यसले इजरायल वरिपरि सुरक्षाको यस्तो पर्खाल बनाएको छ, जसको पहिलो झलक गएको १३, १४ अप्रिलको रातमा संसारले देखेको थियो जब इरान र यसका सहयोगीहरूले सयौं मिसाइल र ड्रोनले आक्रमण गरे । मध्यपूर्वमा अमेरिकी केन्द्रीय कमाण्ड र सुन्नी अरब राष्ट्रहरूको सहयोगमा इजरायलले यो आक्रमणलाई पूर्ण रूपमा असफल बनाएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top