×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लेस्टरले निकाल्यो ५–० को शानदार जित

१३ आश्विन २०७६

१३ असोज, एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्यु क्यासल युनाइटेडमाथि प्रभावशाली जित दर्ता गरेको छ । घरेलु टोली लेस्टरले १० खेलाडीमा समेटिएको न्यु क्यासलमाथि ५–० को शानदार जित निकालेको हो । ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमै १० खेलाडीमा सीमित भएको न्युक्यासल युनाइटेडलाई लेस्टर सिटीले ५–० ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको घरेलु टोली लेस्टर सिटीले दोस्रो हाफमा चार गोल थपेको हो ।

१६ औँ मिनेटमा रिकार्डो परेइराको गोलबाट लेस्टरले सुरुवाति अग्रता लियो । ४३ औँ मिनेटमा आइजक हेडनले खराब ट्याकलका लागि रातो कार्ड पाए र न्युक्यासल १० खेलाडीमा सीमित भयो।

दोस्रो हाफमा जेमी भर्डीले दुई गोल गरे । उनले ५४ र ६४ औँ मिनेटमा गोल गरेका हुन् । भर्डीका दुई गोलको बिचमा न्युक्यासलका खेलाडीले आत्मघाती गोल गरेका थिए । ५७ औँ मिनेटमा पल डमेटले आत्मघाती गोल गरेका हुन् ।

९० औँ मिनेटमा विल्फ्रेड एनडिडीले गोल गरेपछि लेस्टर ५–० ले विजयी भयो । जितसँगै लेस्टर ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । न्यु क्यास्टल ५ अंक जोडेर १९औं स्थानमा छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top