भारतमा जारी लोकसभा निर्वाचनको मतगणना परिणाम देखेर सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मतगणनाको अपडेटले उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भएको बताइएको छ । उनलाई हतारहतार अस्पताल लगिएको छ । मध्यप्रदेशको सबै २९ सिटका लागि मतगणना जारी छ । सबैभन्दा रोचक भिडन्त भोपाल संसदीय सिटका लागि छ । यहाँ भाजपा प्रत्यासी प्रज्ञा ठाकुरको भिडन्त पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रत्यासी दिग्विजय सिंह छन् ।
लोकसभा निर्वाचनको परिणामले हृदयघात
९ जेष्ठ २०७६