×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

लोडसेडिङ हुँदा रमाउने जमात कहाँ छ ?मन्त्रीलाई हस्तक्षेप गर्न सुझाव

५ पुष २०८१

५ पुष ,काठमाण्डौ।

सरकारको निर्णय कार्यान्वयन गर्न असहयोग गरेको आरोप लगाउँदै सरकारले नै कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने तयारी गरिरहेको खबर बाहिरिरहेका बेला घिसिङले भने देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको टिप्पणी गरेका छन् ।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा उनले लोडसेडिङ हुँदा रमाउने जमात भएको बताएका हुन् । उक्त जमातले नै लोडसेडिङको हल्ला फैल्याएको उनको आरोप छ । उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको बताए ।

माथिल्लो तामाकोसी र कालीगण्डकी बन्ने बित्तिकै लोडसेडिङको समस्या समाधान हुने उनको भनाइ छ । “नेपालयको पूर्वाधार क्षेत्रमा ठूलाठूला विकासका परियोजनाहरूको काम भइरहेको छ । बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठूलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत् क्षेत्रको ठूलो विकास हुनेछ,” उनले भने, “यसका लागि ठूलो लगानी आवश्यक छ । ठूला परियोजनहरूका लागि वैदेशिक लगानी चाहिन्छ ।”

लोडसेडिङले उद्योगीहरूको प्रोडक्टिभिटीमा कमी आएको कुरा आएको भन्दै उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरू धेरै भएको बताए । जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युत्को रकम व्यवसायीहरूले दिनुको विकल्प नरहेको उनको भनाइ छ ।

घिसिङले भने, ‘नेपालमा नेगेटिभिटीमा रमाउने जमात कति रहेछ भन्ने मैले यसबीचमा देखिरहेको छु । लोडसेडिङ हुँदा खुसी मनाउने जमात रहेछ भन्ने उदाहरण केही दिनबाट हेरिरहेको छु । प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ ।

नेगेटिभिटी देखाएर कसरी कसरी आफ्नो लागि कमाउने भन्ने जमात छ । अहिले उद्योगले बत्ती पाएनौं भनेर सामानको भाउ बढाउन थालेको पनि सुनेको छु । हिजो जनतालाई २०÷२२ घण्टा लोडसेडिङमा राखेर उद्योगीले कमाएका हुन् । त्यो नाफाको पैसा तिर्नुपर्दैन डेडिकेटेड ट्रंकलाइनको ?

अहिले प्राविधिक कारणले २–४ दिन समस्या हुँदा लोडसेडिङ डिक्लियर गर भन्ने हल्ला पनि त्यही जमातले चलाएको हो । नेपालमा लोाडसेडिङ हुँदैन, भएको छैन, केही समयको प्राविधिक समस्या हो ।’ घिसिङले तामाकोशी आयोजना बाढीले बिगारेको कारण केही समय समस्या परेको बताए ।

उनले मर्मतको काम सकिन लागेकोसमेत जानकारी दिए । उनले लोडसेडिङको बहाना पारेर उद्योगीले उत्पादनको मूल्य बढाउन खोजेको आरोपसमेत लगाएका छन् । केही दिनयता उद्योगहरुका लाइन काटिएपछि नेपालमा फेरि लोडसेडिङ सुरु भएको लगायतका खबर बाहिरिरहेका छन् ।

कुलमानले यस्तो दुखेसो पोखिरदा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भने नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका छन् । बिहीवार मन्त्रालयमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुसँग ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्ने विषयमा छलफल गरेका हुन् ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुसँगको छलफलमा मन्त्री खड्काले सुख्खा याममा भारतीय विद्युतमा भर पर्नुपर्ने कारण र समाधान, विद्युत चुहावट नियन्त्रण, विद्युत वक्यौता असुली तथा प्राधिकरणको सुधारका विषयमा राय,सुझाव लिएका थिए ।

छलफलमा बोल्दै पूर्वकार्यकारी निर्देशक डा. मुकेशराज काफ्लेले पछिल्लो समय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक रहेको बताएका थिए । उनले बाहिर बसेर सबैले हेर्दा ऊर्जा मन्त्रालय भर्सेस प्राधिकरणको टकराव देखिनु राम्रो नभएको समेत बताए ।

उनले नेपाल सरकारको शतप्रतिशत स्वामित्व भएको प्राधिकरण नेतृत्वले मन्त्रालयसँग मिडिया ट्रायलको रुपमा लैजानु राम्रो नदेखिएको पनि बताए उनले प्राधिकरणले गरिरहेको कामलाई ऊर्जा मन्त्रालयले सकारात्मक हस्तक्षेप गर्नु आवश्यक रहेको समेत सुझाव दिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक एक व्यक्ति विशेष भन्दा पनि समग्र प्राधिकरणलाई सुधारको लागि हस्तक्षेप गर्नु जायज भएको उल्लेख गरेका छन् । यस्तै पूर्वकार्यकारी निर्देशक रामेश्वर यादवले विद्युत प्राधिकरणलाई स्टोरेज आयोजनाहरु मात्रै बनाउन दिनुपर्ने सुझाव दिएका छन् ।

उनले ऊर्जा मन्त्रालयले हस्तक्षेपमार्फत विद्युत प्राधिकरणलाई प्रशारणलाइन,ट्रान्समिसनको काम गर्ने निकायहरु छुट्टै बनाउन सुझाव दिएका छन् । उनले त्यसको सम्पूर्ण अधिकार कार्यकारी निर्देशकलाई दिनुपर्ने बताएका छन् ।

पूर्वकार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले सरकारले विद्युत प्राधिकरणलाई पुनःसंरचना गर्न आवश्यक रहेको बताए भने पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्यले नेपाल विद्युत प्राधिकरणलाई तत्काल टुक्र्याउन नहुने बताएका छन् ।

छलफलमा सहभागी प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न जलाशययुक्त आयोजनामा प्राथमिकता दिन सुझाव दिएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top