×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

‘लोडसेडिङ हुने अवस्था छैन’

१८ पुष २०७७

काठमाडाैँ : नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले गत सोमबार र मंगलबार प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्। उक्त विषयलाई लिएर प्राधिकरणले विद्युत् कटौती गर्न थालेको भन्दै चौतर्फी रूपमा विरोध भएपछि शाक्यले शुक्रबार ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर केही समय प्राविधिक समस्या देखिए पनि अहिले त्यसलाई सल्टाइसकेको दाबी गरे।

‘मंसिर १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा केही समय आएको समस्याले वितरणमा अवरोध सिर्जना भयो,’ उनले भने, ‘गत सोमबार एकीकृत राष्ट्रिय प्रणालीमा साँझ ६ः२५ बजे १ हजार ४ सय ३१ मेगावाटको लोड थियो। सो समयमा खिम्ती–लामोसाँघु–भक्तपुर, मातातीर्थ–हेटौंडा–ढल्केवर प्रसारण लाइन एउटै लुपमा सञ्चालित थियो। सोही समयमा मर्स्याङदी जलविद्युत् केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतम भएपछि प्रणाली सुचारु राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयात गर्ने बिजुलीको मात्रा बढी हुन गयो र सोही समयमा खिम्ती–लामोसाँघु प्रसारण लाइन ओभरलोड हुन गई सिस्टम ट्रिप भयो।’

प्राधिकरणले सो समस्या निराकरणका लागि दिउँसोको समयमा भारतबाट आयात बढाई अर्ध जलाशय जलविद्युत् केन्द्रको रिर्जवायर बढाएर राख्ने र साँझको पिक आवरमा सप्लाई गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ। प्राधिकरणले कमजोर प्रसारण लाइनमा विशेष ध्यान दिँदै आएको बताएको छ। ‘सिस्टममा समस्या आएर मर्मतसम्भार गर्दा लोडसेडिङ भनेर सामाजिक सञ्जालमा भ्रम फैलाउनु गलत हो,’ उनले भने, ‘लोडसेडिङ हुने अवस्था छैन। ढुक्क भएर बिजुली उपयोग गर्नुहोस्।’

निमित्त प्रबन्ध निर्देशक शाक्यले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा उपत्यकामा विद्युत् सटडाउन हुने समयसमेत घटेको तथ्यांक सार्वजनिक गरे। ‘गत वर्षको साउनदेखि मंसिरको अवधिमा भएको विद्युत् सटडाउनभन्दा चालु आर्थिक वर्षमा कम भएको छ,’ उनले भने, ‘यो वर्ष मात्रै होइन, बिजुलीमा हरेक वर्षजस्तै समस्या आइराखेका हुन्छन्।’ शाक्यले गत वर्ष साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा सिस्टम फ्युज हुने क्रममा कमी आएको दाबी गरे। ‘गत वर्ष साउनमा २२ पटक सिस्टम फ्युज भएको थियो। त्यो बेला छोटो समयमै समस्या समाधान भएकाले धेरै ग्राहकले थाहै पाउनुभएन होला,’ उनले भने, ‘यो वर्ष पनि साउनमा १० पटक सिस्टम फ्युज भएको थियो। तर कसैले थाहा पाएनन्।’, यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top