×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लोबुचे हिमालको चुचुरोमा पुगे बहराइनका राजकुमार 

१७ आश्विन २०७७

१७ आश्विन, ओखलढुंगा ।
बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।

शनिबार बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोली ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको शिखरमा पुगेको हो । सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका खलिफाका साथमा माउन्टेन गाइड मिङ्मा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली शिखरमा पुगेको सेभेन समिटका निर्देशक दावा शेर्पाले बताए ।

सेभेन समिटले आफ्नो फेसबुक पेजमार्फत पनि राजकुमारको टोलीले लोबुचेको सफलतापूर्वक आरोहण गरिएको जनाएको छ । खलिफाले अब गोरखाको मनास्लु हिमाल आरोहण गर्नेछन् ।

उक्त टोलीले अक्टोबर १५ देखि २० भित्र मनास्लु आरोहण गर्ने अहिले मनास्लु आधारशिविरमै रहेका सेभेन समिटका निर्देशक दावाले बताए । बहराइनबाट आरोहणका लागि १८ जनाको टोली आएको थियो । सन् २०२० लागेयता नेपालका कुनै पनि हिमाल आरोहण भएको यो पहिलोपटक हो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top