×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ल्याण्डिंग गर्दा जहाज नै उत्तानो पल्टियो

६ फाल्गुन २०८१

६ फागुन , एजेन्सी ।

क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान अनौठो तरिकाले दुर्घटनामा परेको छ । ल्याण्डिंग गर्ने समयमा उक्त दुर्घटनामा परेको सो विमान उत्तानो भएर पल्टिएको छ । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार द डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो ।

विमानमा ८० जना सवार थिए । चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १८ जना घाइते भएका छन्, जसमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइतेहरूमा एक बालक पनि छन्। सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो ।

विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन । यद्यपि विमानस्थलमा विमान अवतरण गर्ने समयमा हिउँ जमेको देखिएको छ । क्यानडाकी यातायात मन्त्रीले यो ’गम्भीर घटना’मा नजर राखेको बताएकी छन् ।

विमानस्थलकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले मानवीय क्षति नहुनुमा आपत्कालीन सेवाका मानिसहरूको चुस्त प्रतिकार्यलाई श्रेय दिइन् । क्यानडाको यातायात सुरक्षा बोर्डले “विवरण सङ्कलन र घटनाको मूल्याङ्कन गर्न“ टोली खटाइँदै गरेको जनाएको छ ।

दुई धावनमार्ग अनुसन्धानका लागि कैयौँ दिन बन्द रहने र यात्रुहरूलाई केही ढिलाइका लागि तयार रहन भनिएको छ । जहाजमा चालकदलका ४ सदस्य र ७६ यात्रु रहेको सीबीसीले जनाएको छ । अमेरिकाको मिनेसोटाबाट उडान भरेको उक्त जहाज अवतरणका क्रममा पल्टिएको हो ।

जहाजमा रहेका यात्रुहरूले एक्कासि अवतरण गरिएको बताएका छन् । जहाज पल्टिएपछि केही भागमा आगोसमेत लागेको थियो । तर तत्काल आगो निभाइएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

जहाजबाट निस्कँदै गरेको भिडियोसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । पियर्सन विमानस्थलका हवाई यातायात नियन्त्रण टावरको अडियो रेकर्डअनुसार डेल्टा एयरलाइन्सलाई दिउँसो २ बजे अवतरणका लागि अनुमति दिइएको थियो ।

क्यानडियन प्रेसको एक रिपोर्टअनुसार टावरले पाइलटहरूलाई एक विमानको’ ग्लाइड पाथ’मा सम्भावित वायुप्रवाहको ’टक्कर’का बारेमा चेतावनी दिएको थियो । यसपछि टावर र पाइलटहरूबीच कुराकानी नभएको पनि सीबीसीले जनाएको छ ।

दुर्घटनामा परेको डेल्टा एयरलाइन्सको जहाज बमबार्डियर इंकले बनाएको हो । मित्सुबिसी सीआरजे–९०० एल आर जहाजको यात्रु क्षमता ८५ जना हो । यतिखेर टोरन्टोमा कठ्याङ्ग्रिँदो जाडो छ र तीव्र गतिको हावा पनि चलिरहेको छ ।

त्यहाँ एक साताको अन्तरालमा दुई वटा हिम आँधी पनि चलेका थिए । बुधवार र शनिवार आएका दुई हिम आँधीले सहरमा ३०–५० सेन्टिमिटर हिउँ जमेका छन् । घटनाअघि विमानस्थलले सोमवार १ हजार भन्दा धेरै उडानमा १ लाख ३० हजार भन्दा धेरै यात्रुहरू उड्ने तालिका रहेको भन्दै एक “व्यस्त दिन“ हुने अपेक्षा गरिएको जनाएको थियो ।

सो विमानस्थलले सप्ताहान्तदेखि सोमवारसम्म सयौँ उडान रद्द र तालिका सार्ने काम गरिरहेको थियो । सीबिएसका अनुसार दुर्घटनाका बेला त्यहाँ हलुका हिमपात भइरहेको थियो । यो दुर्घटना पछिल्लो महिनामा उत्तर अमेरिकामा भएको कम्तिमा चौथो ठूलो हवाई दुर्घटना हो ।

यसअघि जनवरी अन्तिममा वाशिङ्टनस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्न लागेको अमेरिकी एअरलाइन्सको यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खस्दा विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top