Nepal Times
Nepal Times
3
Shares

वर्षदिनमै खुले २६ स्यानिटाइजर उद्योग

वर्षदिनमै खुले २६ स्यानिटाइजर उद्योग

१२ बैशाख, काठमाडौ । गत वर्षको वैशाखदेखि हालसम्म देशभर स्यानिटाइजर उद्योग खोल्नका लागि २६ वटा स्वदेशी उद्योगीले अनुमति लिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

नेपालमा स्यानिटाइजर प्रशस्तै भित्रिए पनि भन्सारको विवरणमा भने उक्त वस्तुको आयात देखिन्न । तर बजारमा विभिन्न ब्राण्ड र कम्पनीका स्यानिटाइजर भेटिएपछि नियमन गर्न खोजेको औषधि व्यवस्था विभागले जनाएको छ ।

नेपालमा स्यानिटाइजर बिक्री गर्न चाहने विदेशी कम्पनी तथा आयातकर्ताले विभागमा सूचिकृत गरेर मात्रै उत्पादन नेपाल ल्याउन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।

प्रारम्भिक रूपमा कोभिडबाट बच्न विश्व स्वास्थ्य संगठनले सुरक्षाको न्युनतम् मापदण्ड जारी ग¥यो । ती उपायहरूमध्ये एक थियो ‘गुणस्तरीय ह्याण्ड स्यानिटाइजर’ को प्रयोग ।

चौतर्फी कोरोनाका बारेका चिन्ता प्रकट हुँदै गर्दा नेपालले पनि सतर्कताका उपायहरू अपनाउँदै थियो । त्यही बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले स्यानिटाइजरको व्यवसायिक उत्पादन सुरु ग¥यो ।

यसअघि अनुभव नै नभएको कम्पनीले पहिलोपटक २०७७ चैत २ गते एक सय एमएलको बोत्तल र खुल्ला रुपमा जर्किनमा किन्न सकिने गरी स्यानिटाइजर बजारमा ल्यायो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.