×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

वर्षाकै झल्को दिँदै प्रि–मनसुन

२४ चैत्र २०७५

काठमाडौं :क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ ।

हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा भइरहेको छ । स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको प्रभावले हिजोआज प्रि–मनसुन निकै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो । ‘सामान्यतया स्थानीय वायुको प्रभावले प्रि–मनसुन सक्रिय र निस्क्रिय हुन्छ’, उहाँले भन्नुभयो– ‘यसपटक बंगालको खाडी र अरब सागरबाट पनि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा सजिलै नेपाल प्रवेश गरिरहेकाले प्रि–मनसुन सक्रिय भइरहेको छ ।’

नेपालभित्रै विकास भएको न्यून चापीय रेखाले शनिबार बिहान सबेरैदेखि मुलुकका अधिकांश भेगको मौसम प्रभावित भएको कँडेलले बताउनुभयो । उच्च वायुमण्डलमा रहने यस्तो रेखाले जलवाष्पयुक्त हावालाई सहजै वायुमण्डलमा पु¥याएर पानी पार्ने प्रकृतिको बादल बन्न सहयोग पु¥याउँछ । त्यस्तो प्रभावले फराकिलो भूगोललाई समेट्ने प्रकृतिको भएमा ‘रेखा’ र सीमित क्षेत्रमा प्रभाव पार्ने प्रकृतिको भएमा ‘क्षेत्र’ भन्ने गरिन्छ । शनिबार न्यून चापीय रेखाको प्रत्यक्ष प्रभाव मुलुकको पूर्वी, मध्यभागमा परेको थियो भने अपरान्ह्रपछि पश्चिमी भू–भागतर्फ पनि सरेको थियो ।

मौसमविद्हरु अंग्रेजी महिनाका मार्च, अप्रिल र मेलाई प्रि–मनसुनका रुपमा बुझ्ने गर्छन् । हिजोआज प्रि–मनसुन सक्रिय भए पनि गत मार्च महिनामा वर्षाको मात्रा औसतका हाराहारीमा रहेको मौसमविद् कँडेलले बताउनुभयो । ‘यसपटक मार्चमा पनि प्रि–मनसुन केही सक्रिय नै थियो, ताप्लेजुङ, विराटनगर, काठमाडौं, पोखरालगायतको स्थानलाई नियाल्दा औसत वर्षा नाघेको छैन’, उहाँले भन्नुभयो– ‘अप्रिलमा भने औसत वर्षा नाघ्ने सम्भावना बलियो छ ।’

महाशाखाका अनुसार हल्का र क्षणिक वर्षा अझै केही दिन जारी रहनेछ । पश्चिमी वायुको प्रभावले आज आइतवार पश्चिमी भेगमा छुट्टै न्यून चापीय रेखा विकास हुने र अन्यत्रको तुलनामा पश्चिमी भेगमा वर्षासहित मौसम प्रभावित बन्ने महाशाखाले जनाएको छ ।, यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top