×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

वर्षा नहुँदै बबरमहल जलमग्न,मेलम्चीको पाइप फुटेपछि बाढी

३० माघ २०८१

३० माघ, काठमाण्डौ ।
काठमाडौंको बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर जलमग्न भएको छ । सडकमा रहेको पाइप फुटेर जिल्ला अदालत काठमाडौं, विशेष अदालत जलमग्न भएको छ । अदालतको पहिलो तला नै डुबाएको छ ।साथै वन परिसर डुबानमा परेको छ ।

डुबानको कारण अदालतको सेवा प्रभावित भएको छ । पानी पसेपछि सुनुवाइ नै स्थगित भएको विशेष अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार पानी पसेपछि बाहिर निस्किन सक्ने अवस्था थिएन ।

‘साढे दुई बजेपछि अदालत परिसरमा पानी पस्यो। केहीबेरमा अदालतभित्रै पनि पानी पस्यो,’ रेग्मीले भनेका छन्, ‘फाँटमा पनि पानी पसेपछि सुनुवाइहरू स्थगित गर्नुप¥यो।’ पानी पसेपछि अदालतमा न्यायाधीशहरू पनि त्यहीँ फसेका थिए ।

पाइप फुटेर सडकसमेत जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ । एक लेन पुरै बन्द भएको छ भने अर्को लेनमा सवारी जाम भएको छ । जलमग्न भएपछि सशस्त्र प्रहरी र महानगर नगरप्रहरीको टोलीले डुवानमा परेकाको उद्धार गरेको छ।

पाइप फुटेपछि डुबान भएको स्थानमा सडक भासिएको छ। मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप फुटेर लथालिंग बन्दा डुबानमा परेको सडक भासिएको हो । सडक भासिएपछि उक्त क्षेत्रमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ।

मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका प्रमुख टीका चौधरीले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको बताएका छन् । प्रमुख चौधरीले भने, ’प्राधिकरणले तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा हाम्रो पाइप फुटेको हो। हामीले अब त्यस क्षेत्रमा पानी बन्द गर्दैछौँ।’ उनले भनेका छन्, ’प्राधिकरणले तार बिछ्याउने क्रममा पाइप फुटेको हो। अब प्राधिकरणले त्यो बनाउँछ। जसले बिगारेको हो त्यसैले बनाउने हो।’

यसअघि पनि मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा पटक पटक चुहावट हुने गरेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र १ हजार १० किमी पाइप बिच्छाएको थियो ।

नयाँ पाइपमा पनि अरू निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको थियो । ढल तथा सडक बनाउँदा, विद्युत् अन्डरग्राउन्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट हुने गरेको छ ।

उपत्यकामा झन्डै सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या हुने गरेको छ । यसअघि कम परिमाणमा पानी वितरण हुने गरेकामा मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पनि पूराना पाइपमा समस्या आएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top