Nepal Times
Nepal Times
3
Shares

वाइसिएलले प्रहरीलाई दियो स्वास्थ्य सामग्री

वाइसिएलले प्रहरीलाई दियो स्वास्थ्य सामग्री

२० वैशाख, विराटनगर । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसिएलले प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

वाइसिएलको विराटनगर महानगर समितिले इलाका प्रहरी कार्यालय रानी र मटियरुवा प्रहरीबिटमा रहेका प्रहरीलाई सोमबार मास्क र सेनिटाइजर हस्तान्तरण गरेको हो । नेपाल–भारत सीमा नजिकै खटिने प्रहरीहरु उच्च स्वास्थ्य जोखिममा रहेको भन्दै स्वास्थ्य सामाग्री प्रदान गरिएको वाइसिएल महानगरका सचिव सोनु केवटले बताए । कार्यक्रममा वाइसिएलका केन्द्रीय सदस्य ईश्वरी आचार्य, महानगर अध्यक्ष प्रविन गौतम लगायतको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.