×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

वाङ यीले नारायणकाजीलाई किन चीन बोलाए ?

८ चैत्र २०८०

८ चैत , काठमाण्डौ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयकाअनुसार उनी चैत ११ गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । परराष्ट्रमन्त्री पाँच दिनका लागि चीन जान लागेको बताइएको छ । यो सद्भाव भ्रमण हुने भनिएको छ । चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले मानसरोवर पनि जाने तयारी गरेका छन् ।

हालसम्म विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता हुने र बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गत सञ्चालन गर्ने आयोजनाका सम्बन्धमा छलफल हुने तय भएको छ । “चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता हुने वा नहुने भन्ने तय भइसकेको छैन,” मन्त्रालयका एक अधिकारीले भने । कांग्रेससंगको पूरानो गठबन्धन तोडेर एमालेसहित पाँच दलिय नयाँ गठबन्धनको सरकार बनेपछि चीन सकारात्मक देखिएको छ ।

उसले नयाँ सरकारलाई बधाई सन्देश पठाएको छ । अहिलेको कम्युनिष्ट सरकार बन्नुका पछाडि चीनको सदासहायता रहेको पनि विश्वास गरिन्छ । यद्यपि यो विषयलाई प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेका छन् । यसबीच नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नयाँ मन्त्रीहरुसंगको भेटघाट तिव्र पारेका छन् ।

मंगलबार उनले भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठलाई भेटेका थिए । उनले महासेठसंगको भेटमा चक्रपथ विस्तारको काम चालु वर्ष नै थाल्ने तयारी भएको बताए । चक्रपथ विस्तार मात्रै होइन, राजदूत सोङले चिनियाँ सहयोगमा निर्माण भइरहेका परियोजनाहरुमा सहजीकरण गरिदिने प्रतिबद्धता जनाए । चिनियाँ कम्पनी संलग्न रहेका आयोजनामा समेत गति दिने उनले बताए ।

रसुवागढी–काठमाडौं विद्युतीय रेलमार्ग, अरनिको राजमार्गलगायत समेत अघि बढाउने विषयमा सकारात्मक छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले बताए । मंगलबार नै राजदूत सोङले अर्थमन्त्री वर्षमान पुनलाई भेटे । राजदूत सोङले जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २२० किलोभोल्ट अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम पनि तत्काल अघि बढ्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा त्यसबारे द्विपक्षीय सहमति भएको थियो । अर्थमन्त्री पुनसँगको भेटमा राजदूत सोङले चीन–नेपाल सम्बन्ध उचाइमा पु¥याउन तथा नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका थिए ।

चिनियाँ राजदूतावासले ‘ग्रिन सिग्नल’ दिएसँगै ५०० वटा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माणको प्रस्ताव समेत नेपालले पठाउँदै छ । विद्युत प्राधिकरणले प्रस्ताव तयार पारेर ऊर्जा मन्त्रालय पठाइसकेको छ । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई जोडेर चीनले ऋणको पासोमा ‘डेप्ट ट्रयाप’ मा पार्न खोजेको चर्चा बढेका बेला चीनले यसमा पनि प्रष्टीकरण दिएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले पनि यो चिनियाँ ऋणलाई अनुदानमा बदल्ने प्रयासमा आफू रहेको बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top