Nepal Times
Nepal Times
3
Shares

वाणिज्य बैंकको निक्षेपमा झिनो सुधार

वाणिज्य बैंकको निक्षेपमा झिनो सुधार

२२ भदाै, काठमाडाैँ ।

वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप रु ४१ खर्ब २९ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल रु ४१ खर्ब २३ अर्ब बराबर निक्षेप सङ्कलन गरेका थिए ।

भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म रु ३८ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन् । गत साउनसम्म बैंकहरूले कूल रु ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यस्तै, स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप रु चालीस खर्ब ९ अर्ब रहेको छ भने कर्जा रु ३६ खर्ब ६९ अर्ब रहेको छ । विदेशी मुद्रामा रु एक खर्ब २० अर्बको निक्षेप रहेको छ भने रु एक खर्ब ५० अर्ब बराबरको कर्जा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.