Nepal Times
Nepal Times
3
Shares

वामदेव गौतम राष्ट्रियसभा सदस्य नियुक्त

वामदेव गौतम राष्ट्रियसभा सदस्य नियुक्त

१ असोज, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा उनले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्ने निर्णय गरेको थियो । बुधबारमात्रै गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।

यसअघि यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.