Nepal Times
Nepal Times
3
Shares

वायु प्रदूषण कम हुँदै, संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल शीर्ष स्थानमा कायमै

वायु प्रदूषण कम हुँदै, संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल शीर्ष स्थानमा कायमै

२२ चैत, काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न ठाउँमा भएको वायु प्रदूषण कम हुँदै गएको छ ।

विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको काठमाडौँसहितका ठाउँहरुमा आकाश खुल्दै गएको छ ।

अहिले काठमाडौँको हावाको गुणस्तर मापन गर्ने सूचक एक्यूआई २ सयको हाराहारीमा रहेको छ ।

२ सयभन्दा माथि एक्यूआई भएमा हानिकारक मानिन्छ । यस्तै धनगढी, सौराहालगायतका ठाउँको वायु प्रदूषण पनि सबैभन्दा धेरै देखिएको छ ।

केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै गएको वातावरण विभागले जनाएको छ । वायु प्रदूषण कम भए पनि अवस्था भने अस्वस्थ नै रहेकाले आवश्यक सावधानी अपनाउन विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले आग्रह गरेका छन् ।

यस्तै काठमाडौँको वायु प्रदूषण कम हुँदै गए पनि विश्वभरको तुलनामा शीर्ष स्थानबाट भने तल झर्न सकेको छैन । अहिले पनि संसारकै सबैभन्दा धेरै प्रदूषणको सूचीमा नेपाल कायमै छ । विश्वभरको वायु प्रदूषण कम हुँदै जाँदा नेपालको पनि सुधार भएको तर शीर्ष स्थानमा कायमै देखिएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.