×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वार्ताबाट समस्याको निकास खोज्न विप्लवलाई सिटौलाको सुझाव

१४ जेष्ठ २०७६

नेपाली काग्रेसका नेता कृष्णपसाद सिटौलाले सरकार र आन्दोलनरत विप्लवबीचको काम गराईले जनता प्रताडित भएको बताएका छन । बम बिस्फोटमा परी चारजनाको ज्यान गएको र सोमबार मुलुकका विभिन्न स्थानमा बम भेटिएको सन्दर्भमा नेता सिटौलाले दुवैको गतिविधि जनता र देशको हित विपरित रहेको बताए । नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले नयाँ ढंगबाट हिंसा आतंक सुरु भएको बताउदै िे विप्लव समूहलाई शान्तिपूर्ण ढंगबाट अघि बढ्न सुझाव दिनुभयो । उहाले हिंसा त्याग्न आग्रह गर्दे संवाद र वार्ताबाट समस्याको निकास खोज्न आवश्यक रहेको बताए । सरकार र विप्लव दुवैपक्ष समस्या समाधानतर्फ अग्रसर नभएको बताउदै सिटौलाले हिजो १७ हजारको मृत्यु, हजारौँ अपाङ्ग, बेपत्ताको अवस्था सृजना भएको बताए ।पूर्व गृहमन्त्री समेत रहेका सिटौलाले जो मरे पनि नेपाली नै मर्ने भएकाले हिंसा बन्द गर्न सरकारले पहल गर्नुपर्ने बताए ।सरकारको एकवर्षे कार्यकाल सन्तोषजनक नरहेकोपनि उनले टिप्पणी गरे । सरकारको एकवर्षे कार्यकाल हेर्दा सुशासन, राजनीतिक, आर्थिक सबै क्षेत्रमा फितलो रहेको उनको भनार्य छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top