×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विज्ञले भने- समृद्धि हासिल गर्न वनबाट उत्पादन बढाऔं

७ श्रावण २०७७

७ साउन, काठमाडौँ ।
अनियन्त्रित रुपमा हुने फडानी रोकेर वन क्षेत्रलाई उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिने विज्ञहरुले बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बुधबार भएको छलफलमा विज्ञहरुले नेपालको वन क्षेत्रलाई उत्पादनशिल बनाउनुपर्ने बताएका हुन् ।

डा. कृष्णचन्द्र पौडेलले नेपालको आधाभन्दा बढी क्षेत्र ओगटेको वन क्षेत्रको विकास गर्न सके १२ लाख प्रत्यक्ष रोजगारी सिर्जना हुने बताए । अहिले १ लाख पूर्णकालिन रोजगारीमा जोडिएको उल्लेख गर्दै उनले वन क्षेत्रबाट मात्रै वार्षिक १ खर्ब राजस्व प्राप्त गर्न सकिने बताए । वैज्ञानिक वन उत्पादन गर्ने क्षमता मन्त्रालय र उपभोक्तासँग समेत नभएकाले क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उनले बताए ।

अर्का विज्ञ सन्तोषमणि नेपालले वैज्ञानिक वनको नाममा जथाभावि रुख काट्ने, सोझो सालको मात्रै रुख काट्ने र आर्थिक हिनामिना हुने समस्या देखिएको बताए । तोकिएको भन्दा बढी रुक कटान हुने र वैज्ञानिक वनका नाममा हुने गरेको व्यापक भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने उनले बताए । नियामक निकाय र व्यापारिक संस्था फरक हुनुपर्ने उनले बताए ।

सांसदहरुले यसको व्यवस्थापनका क्रममा आएका समस्याहरु दिगो समाधान गरी अगाडी बढ्नुपर्ने बताएका छन् । वैज्ञानिक वन व्यवस्थापनका लागि बनेका नीति नियमहरुको कार्यान्वयन गर्दै यसको व्यवस्थापन सुधार गर्नुपर्ने उनीहरुको जोड छ । सार्वजनिक लेखा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले उपसमिति गठन गरेर वन व्यवस्थापनका नाममा भएको अनियमितता छानविन गरिरहेको छ ।

पछिल्लो समय वन फडानी तिव्र गतिमा बढेको, लक्ष्यअनुसारको राजस्व संकलन भएको समस्याहरु बाहिर आएपछि छानबिन सुरु भएको हो । करिब १३ लाखलाई रोजगारी प्रदान गर्दै वार्षिक एक खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य सरकारको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top