Nepal Times
Nepal Times
3
Shares

विद्यालयको पुनर्निर्माण असारभित्रै सकिने

विद्यालयको पुनर्निर्माण असारभित्रै सकिने

९ बैशाख,काठमाण्डौ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण आउँदो असारभित्रै सकिने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले पत्रकार सम्मेलन गरेर असारसम्म सबै विद्यालयको पुनर्निर्माण सकिने जानकारी दिएको छ ।

भूकम्पमा ३१ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५ सय ८४ कक्षाकोठामा क्षति पुगेको थियो ।

क्षतिग्रस्त भएकामध्ये ३ सय २७ वटा विद्यालय गाभिएका छन् भने १ सय ५३ वटा विद्यालय सञ्चालनमा छैनन् ।

क्षतिग्रस्तमध्ये सात हजार ५ सय ५३ वटा विद्यालय भवन पुनर्निर्माण हुनुपर्नेमा अहिलेसम्म ६ हजार २ सय ४६ वटा भवनको पुनर्निर्माण भइसकेको छ ।

पुनर्निर्माण गरिएका विद्यालयमा दुई हजार ७ सय ७ शौचालय र २ सय १६ खानेपानीका कार्य पनि सम्पन्न गरिएको छ ।

विद्यालय भवन पुनर्निर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख रुपियाँ आवश्यक पर्नेमा अहिलेसम्म ५३ अर्ब १९ करोड ३९ लाख रुपियाँ खर्च भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.