×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन नराख्न निर्देशन

१ मंसिर २०७७

१ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन दिएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था हेरेर भौतिक रुपमै विद्यालय सञ्चालनको अनुमती दिएको मन्त्रालयले विद्यार्थी आवतजावतमा बाधा पर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो । ‘विद्यालय र विद्यालय परिसर भित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरू नराख्ने’, मन्त्रालयद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा भनिएको छ । यसअघि क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग भएका विद्यालयहरूलाई सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम निर्मलीकरण गर्न सम्बन्धित स्थानीय तहहरूलाई भनिएको छ । स्थानीय तहहरूलाई जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार आफ्नो क्षेत्रभित्रका विद्यालयहरूको अवस्था विश्लेषण गरी विद्यालय बन्द वा पुनःसञ्चालनको अधिकार दिइएको छ । विद्यालय पुनः सञ्चालन सम्बन्धी निर्णय लिंदा उपलब्ध भएसम्म जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक महासंघ, विद्यालय सञ्चालका छाता संगठनका पदाधिकारी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी, स्वास्थ्यकर्मी, बाल युवा क्लबका पदाधिकारी र सदस्यहरूसंग परामर्श लिनुपर्दछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top