×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्युतीय बस साझा यातायातमार्फत नै खरिद गरिने

१४ फाल्गुन २०७७

साझा यातायातमार्फत विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु भएको छ ।

सम्झौता अनुसारको खरिद प्रक्रियाको मोडालिटी नभएको भन्दै विद्युतीय बस खरिदमा रोक लगाएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले काम अघि बढाउन निर्देशन दिएको छ ।

मन्त्रालयले जुन प्रक्रियामा काम रोकिएको छ त्यहीँबाट खरिद प्रक्रिया अघि बढाउन साझा यातायातलाई पत्राचार गरेको छ । खरिद प्रक्रिया अघि बढाउन लागिएको साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए ।

उनले भने, “करिब दुुई वर्षअघि जुन विन्दुका काम रोकिएको थियो त्यहीँबाट काम अघि बढाउन लागेका छौँ, त्यतिबेला पेसिफिकेसन डाफ्टको प्रक्रियामा थियौँ अब काम अघि बढ्छ ।” करिब दुई वर्षअघि तीन सयवटा विद्युुतीय बस खरिद गर्न साझा यातायातलाई सरकारले तीन अर्ब रुपियाँ उपलब्ध गराएको थियो ।

सम्झौता अनुसार काम हुन नसकेको भन्दै मन्त्रालयले साझा यातायातलाई दिएको सो रकम फिर्ता मागेको थियोध्र तर साझाले सो रकम फिर्ता भने गरेको थिएन । काम अघि नबढाउन मन्त्रालयले पत्राचार गरेपछि रोकिएको थियो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top