×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विद्युत प्राधिकरणको डिस्प्लेमा प्रधानमन्त्रीविरुद्ध नारा

११ चैत्र २०८१

१३ चैत ,काठमाण्डौ ।

नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेखिएपछि कार्यालय प्रमुख कुटिएका छन् । वितरण केन्द्रको डिजिटल डिस्प्लेमा केपी चोर देश छोडको आपत्तिजनक नारा लेखिएपनि विद्युत प्राधिकरण भरतपुरले कुनै पनि औपचारिक सूचना बाहिर ल्याएको छैन ।

तर वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गालीगलौज गरेको सूचना राखेको भन्दै कार्यालय प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। कार्यालयको बोर्डमा सोमबार प्रधानमन्त्रीविरूद्ध गालीगलौज गरेको सूचना देखा परेको थियो।

त्यही विषयलाई लिएर मंगलबार कार्यालय प्रमुख श्रेष्ठमाथि एक समूहले हातपात गरेको हो। कार्यालय प्रमुख श्रेष्ठमाथि कुटपिट गर्ने र कार्यालय तोडफोड गर्नेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

‘देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलोज÷अपशब्द अपलोड गरिएको हुँदा देशको गरिमामय पदमा रहनु भएको प्रधानमन्त्रीलाई अपमानजनक सूचना अपडेट गराउनु राज्यको संविधान तथा प्रचलित कानुनको बर्खिलाप हो। यस्तो गैरकानुनी कार्यप्रति नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भत्र्सना गर्छ,’ केन्द्रले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

यस घटनालाई साइबर अपराधअन्तर्गत कानुनी दायरामा ल्याउन पत्राचार भइरहँदा मंगलबार कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको केन्द्रले विज्ञप्तिमार्फत् बताएको छ। ‘मंगलबार बिहान १० बजे ३५–४० जनाको ठूलो दस्ता आइ कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्य कक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाईसमेत कुटपिट गरेको हुदाँ सार्वजनिक सेवा प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरू सुरक्षित नरहेको प्रत्याभूति गर्दै कार्यालय तोडफोड गर्नेमाथि कानुनबमोजिम हदैसम्मको सजाय माग गर्छौं,’ वितरण केन्द्रले भनेको छ।

आपत्तिजनक नाराका विषयमा विरोध जनाउन आज बिहान करिब १० बजे एमालेका युवाहरु विद्युत कार्यालयमा ध्यानाकर्षण पत्र लिएर गएका थिए । त्यस क्रममा नेकपा एमाले निकट युवा संघ तथा अनेरास्ववियु चितवनका कार्यकर्ताहरु कार्यालय प्रमुख रामु श्रेष्ठविरुद्ध खनिएका थिए ।

श्रेष्ठले पनि आफूले कुटाइ खाएको र कार्यालयसमेत तोडफोड गरिएको उनको भनाइ छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पनि युवा संघका विद्यार्थीहरुले कुटेको जानकारी आएको बताएका छन् ।

विद्युत प्राधिकरण भरतपुरको डिजिटल बोर्डमा विद्युत प्राधिकरण भरतपुरले नै कन्टेन्ट हाल्ने गरेका छन् । कार्यालय प्रमुख श्रेष्ठले नै बोर्डमा विषय वस्तु हाल्ने नहाल्ने निर्णय गर्ने गरेका छन् । यसको पासवर्ड भने उनी र अर्का एक इन्जिनियरसँग हुने गरेको छ ।

उनले हिजो कार्यालय समयमा नै गएको कन्टेन्ट आफूले नहालेको प्रमुख श्रेष्ठले बताएका छन् । प्रधानमन्त्रीको नामसहितको विषय ह्याक गरेर हालिएको हुन् सक्ने उनले बताएका छन् । प्राधिकरणमा हिजोको यो घटनाकै दिन सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको छ । जसको ब्यापक आलोचना भइरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top