काठमाडौं, जेठ १
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सदन र सडकमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ । मिडिया काउन्सिलसम्बन्धि विधेयक, मानव अधिकारसम्बन्धि विधेयक र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धि विधेयक फिर्ता नलिए आन्दोलन गर्ने कांग्रेसले चेतावनी दिएको हो ।

बुधबार बसेको संसदीय दmलको बैठकले ती विधेयक फिर्ता लिल सरकारलाई आग्रह गरेको छ । तीनवटै विधेयक संविधान प्रतिकूल रहेका कारण फिर्ता लिन माग गरिएको कांग्रेसले जनाएको छ ।

‘संविधान प्रतिकूल हुनेगरी सरकारले ल्याएका तीनवटै विधेयक फिर्ताका लागि सरकारसँग आग्रह गर्ने निर्णय भएको छ,’ प्रमुख सचेतक बालकृष्ण खाँणले भने, सरकारले ल्याएका विधेयक हुबहु पारित भए मुलुकमा गम्भीर दुर्घटान हुन्छ ।’ ‘ती विधेयक जवरजस्ती सदनमा प्रवेश गराए कांग्रेसले सदन र सडकमा शक्ति प्रदर्शन गर्छ’ उनले भने ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top