×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विपदविरुद्ध प्रतिकार्य योजना जारी

७ असार २०७७

७ असार, काठमाडौं ।
कोरोना भाइरस रोगको महामारीसँंगै बाढी, पहिरो र डुबानलगायत अन्य विपद् नियन्त्रण गर्न गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको शनिबार सम्पन्न बैठकले मनसुन सुरु भएसँगै यसबाट सिर्जित हुने समस्याको समाधान तथा नियन्त्रण गर्न कार्ययोजना जारी गरेको हो । कार्ययोजना अब कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ ।

मुलुक कोरोना महामारीसँग जुधिरहेकै बेला वर्षात्को समय सुरु भएको भन्दै गृहमन्त्री थापाले बाढी, पहिरो र डुबानजस्ता समस्याले थप पिरोल्दै जाने भएकाले आवश्यक सतर्कतासँगै पूर्वतयारी अपनाउन जरुरी रहेको बताए । “कोरोना र प्राकृतिक विपत्तिविरुद्ध जुध्न जरुरी छ,” उनले भने ।

“आवश्यक सावधानी र तयारीका साथ जोखिम क्षेत्रको पहिचान गरी केन्द्रदेखि स्थानीय तहसम्मले सामूहिक रणनीतिका साथ अगाडि बढेमा जोखिम न्यूनीकरण गर्न सकिन्छ ।” मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०७७ ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय तह), सुरक्षा निकाय, समुदाय तथा गैरसरकारी सङ्घ, संस्थाको भूमिकाको विषयमा स्पष्ट व्यवस्था गरेको छ ।

सम्भावित विपद्बाट हुन सक्ने जोखिमको न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी अगाडि बढाएको जानकारी दिनुहुँदै मन्त्री थापाले यसका लागि साझा सहयोग र सहकार्यको अपेक्षा गरिएको स्पष्ट गरे ।

कार्ययोजनाअनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गरी आवश्यक पूर्वतयारी, सचेतना, उद्धार, विस्थापितको पुनः स्थापना र उपचार व्यवस्थापनलगायतका विषयलाई विशेष प्राथमिकता दिइएको छ । त्यसैगरी, राहत वितरण र सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।(गोरखापत्र)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top